मङ्लबार, जेष्ठ ८, २०८१

गजल!

  • आइतवार, फाल्गुन २२, २०७८
गजल!

अमेरिका द्वारा कसै कसैले उपाहार पाए,
सत्तामै बनिरहने आर्कोपल्ट आधार पाए।

दलाली त्तेतिकै कस्लेगर्छ फाइदा नभएर,
फेरिपनि चुनाव जित्नलाई हथियार पाए।

बिरोध गर्नेले देशकै लागी लाठी खाएछौं,
पारित गराउँनेहरू घुमनलाई संसार पाए।

बैधानिक अबैधानिक जेसुकै भएतापनि,
जिवनभरी आफुले बिक्रिहुँने बजार पाए।

हामिले दलाल भन्छौं गद्धार भन्छौ होला,
तर उनिले भिक दिने राम्रो साहुकार पाए।

भन्छन अब त खाडिबाट युवा फर्काउँछौं,
आफ्नै देशमा युवाकिन्ने दोकानदार पाए।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार