मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • धनगढीमा सुरू भयो सुदूरपश्चिम खप्तड गोल्डकप

धनगढीमा सुरू भयो सुदूरपश्चिम खप्तड गोल्डकप

  • बिहिबार, फाल्गुन १९, २०७८
धनगढीमा सुरू भयो सुदूरपश्चिम खप्तड गोल्डकप

धनगढी — कैलालीको धनगढीमा मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप सुरु भएको छ। सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरे।

उद्धघाटन कार्यक्रममा आयोजकले मुख्यमन्त्री भट्टलाई २१ किलो, कृषिमन्त्री विनिता चौधरी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीलाई ११/११ किलोको माला लगाएको छ। यस्तै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई पनि ११/११ किलोको माला लगाइएको छ।

धनगढी रंगशालामा हुने प्रतियोगिताको उद्धघाटन खेलमा मनाङ मर्स्याङ्दी क्लव र भारतको दिल्ली फुटबल क्लव भिड्ने छन्। प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष सुरेश हमालले बताए। आयोजक सुदूरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन्।

नकआउटका आधारमा खेलाइने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ। उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने छन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्ने छन्।

चर्चामा

सम्बन्धित समाचार