मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यो जिन्दगानि पनि कस्तो अगर मगर भयो,

यो जिन्दगानि पनि कस्तो अगर मगर भयो,

  • सोमवार, फाल्गुन १६, २०७८
यो जिन्दगानि पनि कस्तो अगर मगर भयो,

यो जिन्दगानि पनि कस्तो अगर मगर भयो,
जन्मिएदेखुन अहिलेसम्म सधै सफर भयो।

सपना बोकेर आएको आंखाभरी परदेशमा,
न कुनै जागिर भयो न राम्रो बसने घर भयो।

जब हाम्रो बिदेशीसँग मित्रताकोभयो सन्धि,
हाम्रो देशपनि सधैभरी त्यसैमा निर्भर भयो।

रित्तोझोला बोकेर आउँछौ पौरख बेच्नलाई,
हाम्रो लागि यो सन्धि पनि मिठो जहर भयो।

हामिले त उसको देश जोगाउँन भयौं शहिद,
बद्लामा हाम्रै देश खान्छ कि भन्ने डर भयो।

हाम्रै देशका जनतालाई सदै देश छाड्नुपर्ने,
आन्दोलन गर्दा पनि सरकार वे असर भयो।

छोरा लाई बिदेश पठाउँन रिण गरेका बा बा,
असाय भएर मर्दा समेत छोरा वेखबर भयो।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार