बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देशको हितमा गर्ने आन्दोलन!

देशको हितमा गर्ने आन्दोलन!

  • शुक्रबार, फाल्गुन १३, २०७८
देशको हितमा गर्ने आन्दोलन!

सुरेशकुमार पान्डे — अहिले एम सीसीको बिरोधमा देशभरीका जनताहरू सडकमा आन्दोलितछन।निस्वार्थ मात्र राष्ट्रियताको रक्षाका लागि चिन्तित जनता,राजनीतिक पार्टी,सामाजिक ब्याक्ति बुद्धीजिवी लगायतका सच्चा देशभक्त नागरिकहरू सडकमाछन।
अहिले साम्राज्यबादी एमसीसी नामक हतियारले देशका राजनीतिक शक्तिहरूलाई दुई कित्तामा बिभाजित गर्न सफल भयकोछ।एउटा देशलाई रक्षागरौं यो एम सीसी अमेरिकाको अनुदान होईन र ससर्त लिजमा आएको शडयन्त्रहो यसले हाम्रो असलंग परराष्ट्र नीतिलाई कम्जोर बनाउँछ।हाम्रो देश भारत र चीन चस्ता देशहरूको माझमा बसेको एउटा भूपरिबेशठित देशहो कुनै तिर पनि झुक्नु भनेको हाम्रा लागि आत्माघात हुनेछ।अमेरिका जस्तो साम्राज्यबादी महाशक्तिले भोलिका दिनहरूमा हाम्रो भूमीलाई प्रयोग गरेर आफ्नो दुश्मन नव साम्राज्यबाद मूलुक चीनलाई आकारमण हाम्रै देशबाट गर्दा यो देशको अबस्था कस्तोहोला?एउटा रणभूमी बनेपछि देशमा रहेका हामी नागरिकहरू कदापी शुरक्षित हुनेछैनौं।हाम्रो देशले न त अमेरिकाको सामना गर्न सक्छ न चीनको न भारतको एउटा स्वतन्त्र राष्ट्रलाई जबरजस्ति आन्दोलनमा घसेटेर यँहाका जनताहरूलाई सखाफ पार्ने अमेरिकाको यो कथित अनुदान हामिलाई चाहिंदैन भनेर दिनौदिन सडक तताएकाछन,मशाल जुलुस निकालेकाछौं।हाम्रो लागि चीन र भारत दुबै देश छिमेकी हुन सदियौं सम्म हामिलाई दुबै देशको उत्तिकै खांचोहुनेछ।
आर्काथरी नेपाली कांग्रेस र एमालेका नेताहरूले यो एम सीसीलाई ल्याउँन जोड लगाएकाछन उनिहरूको ब्यापक दबावमा अहिले त्यो टेवुल सम्म पुगेकोछ त्यसलाई पारित गर्न उनिहरूले सक्या सम्म जोड लगाएकाछन।अहिले साम्राज्यबादले एमसीसीको हतियार फालेर एउटै शन्तनलाई दुई खेमामा बिभाजित गरेकोछ।हामि यसिरी पृथक हुनु बिखण्डित हुनुभनेको साम्राज्यबादीको जीत हुँनुहो।
यो वेलामा देशका जनताहरू जो नेपाली कांग्रेसका कार्याक्रताहरू एमालेका कार्यक्रताहरू मौन बसेकाछन।के यो देश कांग्रेस र एमालेको होईन कांग्रेस र एमालेको पछिलागेर देश जोगिन्छ?यदि उनिहरूको मनभित्र थोरै देशको लागि दया र मायाँ छभने उनिहरू सडकमा चलेको देशजोगाउँने आन्दोलनमा आउँनुपर्छ।
भोलिका दिनहरूमा अंग्रेजको सेना देशभित्रियो भने हाम्रा देशका सबै सेनाहरू समेत उसैको मातहातमा हुन सक्छन त्यसकारणले देशको यो अबस्थामा हामी सबै देशभक्त र देशबासीहरू आन्दोलित हुनैपर्छ।हाम्रो आन्दोलन कुनै पार्टीको होइन बरू सबैपार्टीको देशभक्तको आन्दोलनहो।यो देशलाई सदियौं सम्म संसारको मानचीत्रमा स्वतन्त्र भयको देख्न चाहाने देशप्रेमिहरूलाई आज आफ्नो मात्रृत्वभूमीले सडकमा आउँन र आफ्नो रक्षागर्न आवहान गरेकोछ।
इतिहाश शाक्षिछ हाम्रो देश कहिलेपनि शंघर्ष बाट भागेन हामिले आईपरेका तमाम चुनौतीहरूलाई स्विकारेर अगाडी बढेकाछौं।हामी नेपालीहरूको रगतमा कहिले पनि कायर्ताको दाग र थोप्लोछैन।हामिले आफ्नो प्राण त्यागेरपनि आफ्नो देशको रक्षागरेको इतिहाश भेट्टीन्छ त्यसकारणले हामी अहिले पनि आन्दोलनमाछौं।
चाहिंदैन हामिलाई यो बिदेशीको कथित अनुदान हामी गिठा तरूल भ्याकुर खाएर बांचेका वीरहरूका सन्तानहौं,हामि पानि नपिएर हप्तौं सम्म लडेका ति वीर देशभक्तका सन्तानहौं भने हामिलाई आजपनि देशले ग्वारेकोछ कसैको झोलेबनेर आफ्नो आमाको सौदागर्ने सौदागर नबनौ बरू मात्रृत्वको रक्षागर्ने वीर सपुत बनौं।
यो एमसीसी अमेरिकी साम्राज्यबादले हाम्रो देशलाई दयागरेर मायाँ गरेर दिएको अनुदानहोईन बरू हाम्रो देशलाई लिजमा किनेर यो देशभाट चीनलाई आकारमण गर्ने उदेश्यले ल्यायको रणनीतिहो।नेपाली जनताले यहि कुरालाई बुझ्नुपर्छ यदि हामिले सहिकुरा बुँझ्यौं भने हामी आन्दोलित हुनेछौं र आफ्नो देशको रक्षा गर्नेछौं।कतिपय साम्राज्यवादका दलालहरूले एमसीसीलाई भित्राउँन थुप्रै रकम खाई सकेकाछन उनिहरूले यो संघिय ब्यबस्थालाई रिणलिएर चलाएकाछन अहिले यो संगियता लागुभयपछि एअजना नागरिकलाई ५६हजार भन्दाबढी रिण परिसकेकोछ यो हिसाबले आउँने दश पन्द्र बर्समा हाम्रो देश रिणमा डुब्नेछ।देशमा केही मुठ्ठिभर नेता बिदेशीका दलालहरूले देशलाई आफ्नो स्वार्थमा खरानि पार्दै लगेकाछन।त्यसकारण हामी देशभक्त नागरीकहरू कुनैपार्टीको झोले बनेर होईन बरू स्वाभिमानी नागरिक बनेर एकपल्ट सोंचौ आखिर देशको लागी के ठिकछ र के बेठिकछ।हामिलाई आन्दोलन गर्ने सोकछैन बरू यो नगरिनहुलने बाध्यता हो भन्ने बुझ्नैपर्छ।

चर्चामा

सम्बन्धित समाचार