शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गाई जात्रा जस्तै भयो देशको राजनीति

गाई जात्रा जस्तै भयो देशको राजनीति

  • शनिबार, फाल्गुन ७, २०७८
गाई जात्रा जस्तै भयो देशको राजनीति

गाई जात्रा जस्तै भयो देशको राजनीति यहाँ,
अन्योलता र भ्रष्टचार बढ्यो जातिबिती यहाँ।

देशलाई जोगाउँन पठायौं छानिछानी हामीले,
उनैलाई छ म्राज्यबादी दलालको फिती यहाँ।

नेतालाई फुलमाला अबिर लगाएर स्वागत गरे,
जीतेरगयो त्यो फर्किएन किन सितिमिती यहाँ।

दुनियाँ चन्द्रमामा पुगिसकेछन देखेकैछौं हामी,
हाम्रो देशमा त जोगाउँन खोज्छौं कुरिती यहाँ।

जनताले चुनाव मा भात र मासु खान्छन पाए,
जस्को खाए सिता,उसैको गाउँछन गिती यहाँ।

हाम्रो शन्तान धेरै धार्मिक र दयावान हुँदैआए,
घर आएका दुश्मन लाई मान्छन अथिती यहाँ।

चर्चामा

सम्बन्धित समाचार