सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बेमौसमी वर्षाको कारण धानबालीमा क्षति भएका बाजुराका किसानलाई ५० लाख निकासा

बेमौसमी वर्षाको कारण धानबालीमा क्षति भएका बाजुराका किसानलाई ५० लाख निकासा

  • शुक्रबार, फाल्गुन ६, २०७८
बेमौसमी वर्षाको कारण धानबालीमा क्षति भएका बाजुराका किसानलाई ५० लाख निकासा
फाइल तस्विर

बाजुरा — देशका विभिन्न भागमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण धानबालीमा क्षति पुग्दा बाजुरा लगायत विभिन्न जिल्लाका किसान प्रभावित भएका थिए। किसानलाई राहत उपलब्ध गराउने सम्बन्धमा गत कात्तिकमा सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउनेसम्बन्धी मापदण्ड, स्वीकृत गरे अनुसार बाजुराका किशानहरुका लागि ५० लाख बजेट आएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जोशीले बताएका छन ।
बाजुरा जिल्लामा असोज ३१ गते देखी कार्तिक ३ गते सम्म परेको बेमौसमी पानीका कारण बाजुराका किसानहरुको बाजुरामा ७७ लाख भन्दा बढिको क्षेती भएको थियो । सो बिबरण दैबि प्रकोप उद्धार समितिमा पठाएकोमा गृह मन्त्रालयबाट बाजुराका लागि ५० लाख बिनियोजन भएर बजेट आएको ज्ञान केन्द्रका सुचना अधिकारी जोशीले बताएका छन । जिल्ला बाट पठाएको भन्दा कम रकम आएकोले कृषकहरु मर्कामा पर्ने भएका छन । सुचना अधिकारी जोशीले बताए ।
सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निणर्य भएको गृह मन्त्रालयले जनाएको छ ।
मापदण्ड, २०७८ ले निर्धारण गरेको आधार र प्रक्रिया बमोजिम राहत उपलब्ध गराउने ज्ञान केन्द्रका सुचना अधिकारी जोशीले बताएका छन

चर्चामा

सम्बन्धित समाचार