बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु

बाजुरामा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु

  • मङ्लबार, माघ २५, २०७८
बाजुरामा बँदेलको आक्रमणमा परि एक जनाको मृत्यु

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ चोलुका एक जनालाई बदेलले आक्रमण गरि मृत्यु भएको छ । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न ३ चोलुका शंकलाल बिष्टका छोरा अन्दाजी १५ बर्षिया सुकिन्द्र बिष्ट रहेका छन । हिजो दिउसो छाप्रा डोरा सामुदायीक बनमा बाख्रा चराउन गएको बेला उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बदेलले आक्रमण गरेको खवर पश्चात स्थानीयले उनलाई उपचारका लागि कोल्टी प्राथमकि स्वास्थ्य केन्द्र लैजादै गर्दा बिचबाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताए । मृतक बिष्टको आज कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरि आफन्तको जिम्मा दिने प्रहरी निरीक्षक साँउदले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार