शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • त्रिकोणमा हुने शंघर्ष लाई बुझौं!

त्रिकोणमा हुने शंघर्ष लाई बुझौं!

  • आइतवार, माघ २३, २०७८
त्रिकोणमा हुने शंघर्ष लाई बुझौं!

सुरेशकुमार पान्डे — सांच्चै भन्दा हामिहरूले नबुझिनहुने मध्यको एउटा कुरा
देशलाई नौलो जनवादी क्रान्ति चाहिएकोछ तर क्रान्तिको अबस्थाछैन यो अबस्थामा क्रान्तिकारीहरूले के गर्ने?यहमा सबैको उत्तर क्रान्तिको आधार तैयार पार्नेनै हुनसक्छ,साहिद त्यसमा दुई मत नहोला।
हाम्रो नन्युनतम कार्यक्रम नौलो जनवाद भयकोले त्यँहा सम्म पुग्न हामिले तैयार पार्ने भनेको कार्यनीतिनैहो।यंहि आएर हामिहरूको बिचारले गोल चक्रकाट्न थाल्यो।
कतिपयको भिन्न सोंच आफ्नै पारामा गाइने गीतले मानिसलाई अलमलमा पारेको पनिछ तर पनि प्रष्टछ।
सबैभन्दा पहिलो नागरिकलाई देशको खांचो हुन्छ देशको खांचो भनेको सर्वपरिनै हो किनकी देश रहेपछि हामिले राजनीति पनि गरौंला क्रान्तिपनि गरौंला देशनै नरहे के गर्ने?हामी सच्चा देशका नागरिकहौं भने सबैभन्दा पहिले देशको बारेमा चिन्तित हुनैपर्छ भन्ने बारे घोकिरहनु नपर्ला।
देशभित्रका राजनीतिक शक्तिलाई बिष्लेषण गर्दा हामिले प्रथम त हाम्रो नीतिलाई ध्यानमा राखेर गर्छौं तर देशको सवालमा हामिले देशभक्त राजनीतिक शक्तिको मुल्यांकन गरेर आफैले दुश्मन शक्ति भनेकालाई पनि राष्ट्रियताको रक्षाको लागि तालमेल वा सयुँक्त आन्दोलनमा सामिल गर्छौं र गर्नैपर्ने हुन्छ।हाम्रो देशमा राणा र राजाहरूले तानाशाहि ब्यबस्था लाधेका थिए र राणा फालेपछि उनैको पदचिन्हमा राजाहरूले सत्ता सम्हालेका हुन भन्ने कुरा सबैलाई जानकारीछ।त्यो राजतन्त्रलाई फाल्न लामू समय सम्म हामिले सयुँक्त रूपमा ठुलो बलिदानिपुर्ण शंघर्ष गर्यौं त्यसैको परिणाम आज देशमा गणतान्त्रिक ब्यबस्थाछ।अहिले साडे छे दशक सम्म लडेर ल्याएको गणतन्त्र र धर्म निरपक्षियता समेतलाई खतरा सिर्जना भयको अबस्थामा हाम्रो शंघर्ष पनि त्यो जनाधिकारको रक्षा र देशलाई बिदेशि हश्तक्षेप बाट जोगाउँने प्रयात्नमा हुनुपर्छ। यो दुबै प्रकारको शंघर्षलाई एकैचोटी सञ्चालन गर्नुपर्दछ।यसरी हाम्रो शंघर्ष त्रिकोण हुन जान्छ।
पहिलो हामिले देशको रक्षा गर्ने,दोस्रो प्रतिगमनको बिरुद्धमा शंघर्ष गर्ने र तेस्रो आफ्नो नौलो जनवादी क्रान्तिको आधार तैयार पार्दै नौलोजनवादी क्रान्तिपनि सम्पन्न पार्ने।यो त्रिकोणिय आन्दोलन लाई केन्द्रित गरेर कार्यनीति तजुर्मा गरिएको कर्यक्रमलाई बुझ्न हरेको क्षामताले भ्यायको नहुन सक्छ।
अहिले प्रतिगमनको खिलाफ गणतन्त्रको सवालमा आफैले दुश्मन शक्ति घोषित गरेको नेपाली कांग्रेस संग गठजोड गरेर बनेको सरकारलाई भाईर बाट समर्थन दिंदा दक्षिणपन्थि भनेर आरोप लगाउँनेहरूले भोलिको दिनमा देशको हितका लागि राजासंग एकता गर्नुपर्दा केभन्लान?उनिहरूले देश र जनताको रक्षा कसरी गर्लान कस्तो खाले नीति लिएर क्रान्तिको आधार तैयार पार्लान त्यो कुनै गतिलो फार्मुला भय भन्नुपर्छ मात्र बिरोधको लागि बिरोध गरेर क्रान्ति हुन्छर?पक्कै पनि हुँदैन।एका तिर बिदेशिहश्तक्षेपको बिरोधमा जनतालाई सचेत बनाउँने आर्को प्रतिगामि खतराको बिरूद्ध शंघर्ष गर्ने र भाबि नौलोजनवादी क्रान्तिको आधार तैयार पार्ने खालको जुन शंघर्ष गरिन्छ त्यसलाई त्यसको सतह सम्म पुगेर अध्यायन गरेपछि मात्र बुझ्न सकिन्छ।
देशमा डा.बाबुराम भट्टराई जस्ता बिदेशीको बुईचढ्ने बुद्धिहिन बुद्धीजीवीहरू पनि धेरैछन।अहिले उन्ले एम सीसीलाई पारित गर्न रोक्नेहरूलाई देशद्रोही भनेर उनिहरूलाई देश निकाला गर्नुपर्छ भन्छन यो कुरा उन्ले त्यत्तिकै भनेकाछैनन् उन्लाई यसको कमिसन अमेरिकि एमसीसीका एजेन्टहरूले दिएकाछन र त्यसैले गर्दा तिन हात उफ्रिंदै कराएकाछन।एमसीसी जस्तो राष्ट्रघाति बिष ल्याउँनेहरू देश द्रोही हुनकि देशमा अंग्रेज साम्राज्यवादलाई भित्राउँन हुँदैन भन्नेहरू देश द्रोही हुन?त्यसको उत्तर आगामि दिनहरूमा जनताले अबस्य पनि दिनेछन।
हामिले देशको रक्षा गर्ने, देशमा आएको धर्मनिरपक्षियता र गणतन्त्रको रक्षागर्ने र नौलो जनवादी क्रान्तिको बाटो समाजवाद र साम्मवाद तिर देशलाई डोराउँनुपर्छ भनेर लगातार शंघर्ष गर्दै आएकाछौं।यहिनै सहि राजनीतिकलाईन हो र कतिपय साथिहरू मित्रगणहरूलाई भुलेर भट्केर निरासभयर लाखा पाखा लाग्नु भयका कामरेडहरूलाई सबै छाडेर आफ्नो घर र यो मूलबाटोमा फर्किन पनि अनुरोध गर्दछौं।हाम्रो लडाई बर्गिय लडाई भयकाले लगातार जुनसुकै अबस्थामा पनि शंघर्षमा जोड दिनुपर्छ।दुःख लाग्ने कुरा केहोभने पुराना साथिहरू पनि कुरालाई नबुझेर कौवाले कान लग्यो भन्दिएपछि उतै भाग्ने आफ्नो कान नछाम्ने गर्दाहो।तरपनि साथिहरू ढिलो चांडो त्यो आफ्नो कान छाम्नुभयो भने आफ्नो ठाउँमा फर्किनुहुनेछ भन्नेमा हामी ढुक्कैछौं।अहिले नेपालमा प्रतिकृयावादीहरूले मसालमा पहिरो गयो राजमोमा पहिरो गयो भनेर जति प्रचार गरेकाछन के त्यहि अनुपातमा मसाल फुट्यो वा राजमो फुट्यो त?फुटेको भनेको केहो?कम्तिमा केहि प्रतिसत केन्द्रिय सस्थानिय तहबाट जानुपर्ने तर त्यो कत्ति देखिदैन।पार्टीले केहि साथिहरूलाई अनुसाशनको कार्वाही गर्दा उनिहरूले आफुलाई मसाल हौं वा राजमो हौं भन्दै प्रचार गर्दा त्यसैलाई ठिक सम्झिएर कतिपय पत्रिकाहरूले लेख्दा के त्यो ठिकहोला?वास्तबिक कुरा पार्टीले आफ्नो पार्टी कस्तो बनाउँने भन्नेबारे भित्रभयका छलफललाई भाईर प्रचार गर्न नमिल्नेलाई पनि पर्चार गर्नेलाई पार्टीले कार्वाही गरिसकेका ब्याक्तिहरूले आफैलाई मसाल भनेर समानतरका संगठन भनाए भन्दैमा पार्टीमा पहिरो गयो भन्दै हिंड्छन त्यसैलाई आधार बनाएर प्रतिकृयावादीका वा अवसरबादीहरूका मिडियाले पार्टीमा पहिरो गयो भन्दै ढोलपिड्छन।अहिले पनि राजमो एक ढिक्काछ भन्नेकुरालाई बुझ्न राजमोको कार्यक्रमलाई हेर्नुपर्छ।अहिले पनि देशबिदेशमा राजमो नजिकका संगठनहरू सक्रियछन संगठितछन।र त्रिकोणत्मक कार्यक्रमको प्रतिनिधित्व गर्दैछन शंघर्षको मैदानमा।

चर्चामा

सम्बन्धित समाचार