शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकामा पर्यटन गुरुयोजना निर्माण हुदै

बडीमालिका नगरपालिकामा पर्यटन गुरुयोजना निर्माण हुदै

  • शुक्रबार, माघ २१, २०७८
बडीमालिका नगरपालिकामा पर्यटन गुरुयोजना निर्माण हुदै

बाजुरा—बाजुराको बडीमालिका नगरपालिकाले पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न ‘नगरस्तरीय पर्यटन गुरुयोजना’ निर्माण शुरु भइरहेको छ । नगरपालिका र जिआइजेट नामक गैरसरकारी संस्थाको सयुक्त सहकार्यमा पर्यटन गुरुयोजना बनाउन लागेको हो ।
नगरपालिकामा पर्यटनका धेरै सम्भावना भएकाले गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने र प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक पक्षलाई समेटेर एकीकृत विकास योजना अघि सारिएको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् ।
नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई गुरुयोजनाले विशेष प्राथमिकता दिएको छ । नगरप्रमुख बडुवालले भने नगरपालिका र जिआइजेट नामक गैरसरकारी संस्थाको सयुक्त सहकार्यमा निर्माण गरिएको सो गुरुयोजनामा दीर्घकालीन पर्यटन विकास योजना समेटिएको वताए ।
बाजुराका नौवटा स्थानीय तहमध्ये पर्यटन गुरुयोजना बनाउने बडीमालिका पहिलो पालिका हो । पालिकाभित्रका नौवटै वडाका धार्मिक तथा पर्यटकीय गन्तव्य, सांस्कृतिक तथा ऐतिहासिक महत्वका क्षेत्र, स्थानीय रैथानले बाली उत्पादनको पकेट क्षेत्रसहितको विवरण उल्लेख हुने गरी योजना निर्माण गरिएको नगर उपप्रमुख कविता विष्टले बताईन् । नगरपालिकाको लागि बनाइएको गुरुयोजना प्रारम्भिक विवरणसहित २०० पृष्ठ लामो गुरुयोजनाको सरोकारवाला बीचको छलफल तथा सुझाव सङ्कलन गरिएको छ ।
नगरभित्रका पर्यटन, धार्मिक र सांस्कृतिक तथा रैथाने बालीको अध्ययन गरी तयार पारिएको गुरुयोजनालाई अन्तिम रूप दिन पर्यटन क्षेत्रका विज्ञ र जनप्रतिनिधिहरुसँग सुझाव सङ्कलन लिने कार्य गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रङ्गमल बिकले वताए । सिङ्गो नगरकै भविष्य जोडिएको पर्यटन क्षेत्रका सम्भावित गन्तव्य, त्यसको महिमा र विशेषता, आवश्यक पूर्वाधार विकास र संरचनाको निर्माणसहितको तथ्याङ्कसहितको विवरण गुरुयोजनामा समेटिएको छ ।
बडीमालिका, कालाजाग्रा, दुनालेख, त्रिवेणी पाटन, वीरे झरना पोरखे क्षेत्रसहितका प्रमुख गन्तव्यलाई गुरुयोजनामा विशेष स्थान दिइएको पाइएको छ । योजनामा केलबकारदेखि पैदलयात्रा, सडक बाटोबाट विमानस्थलका विषयलाई समेत समेटिएको छ । छिमेकी स्थानीय तहसँगको सहकार्यमा नै थप परिमार्जन र एकीकृत योजना निर्माण गरेर अघि बढ्न सके योजनाले दीर्घकालीन महत्व राख्ने गुरुयोजना निर्माण समितिका संयोजक एवं पर्यटनविज्ञ डा प्रनिलकुमार उपाध्यायले बताए ।
गुरुयोजनामा धार्मिक आस्थादेखि, धरोहर, स्थानीयवासीको पेशा व्यवसायदेखि उत्पादन र नगरभित्रका होटल व्यवसायदेखि व्यापारको प्रकृतिको विषयलाई समेत समावेश गरिएको छ । एक महिना लामो अध्ययन र स्थलगत अवलोकन तथा स्थानीयवासीसँगको बृहत् छलफलपछि योजनाको मस्यौदा तयार पारिएको नगरपालिकाले जनाएको छ । स्थानीय मौलिक संस्कृति, भाषा एवम भेषभूषालाई यहाँको पर्यटन र उत्पादनसँग जोडेर विकास गरिने रहेको छ । संयोजक उपाध्यायले स्थानीय, भाषा, भेषभूषा, कला संस्कृतिको संरक्षण गर्ने नीति अङ्गिकार गरिएको उल्लेख गरेको वताए । गुरुयोजनामा नगरस्तरीय पर्यटन विकास समिति सहितको परिकल्पना गरिएको छ ।
पर्यटन गुरुयोजनाले नरपालिकाको मात्र नभइ पुरै जिल्लाको आर्थिक समृद्धिको पाटो सहयोग पुग्ने जनाइएको छ । सदरमुकाम मार्तडीको नगरपालिका भएकाले पनि यसले जिल्लाभरीमा प्रभाब राख्ने प्रमुख जिल्ला अधिकारी उप्रेन्द्रराज पौडेलले वताए ।

चर्चामा

सम्बन्धित समाचार