शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा लगायत पहाडी जिल्लामा भारी हिमपात

बाजुरा लगायत पहाडी जिल्लामा भारी हिमपात

  • शुक्रबार, माघ २१, २०७८
बाजुरा लगायत पहाडी जिल्लामा भारी हिमपात

बाजुरा — बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका  बिभिन्न क्षेत्रमा दाेस्राे पटक हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे ।
हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । बाजुरा लगायत देशका बिभिन्न जिल्लामा भारी हिमपात भइरहेकाे छ । हिमपातका कारण नागरिक समस्यामा परेका छन । आज पनि पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्लामा हिमपात हुने र अरु क्षेत्रका धेरै ठाउँमा पानी पर्ने मौसमविद् बताएका छन ।

बाजुरामा अलीअली हिउँ परेको देखीने बडीमालिका बुढिनन्दा लगायतका उच्च हिमाली क्षेत्रहरु यतीबेला पाैषकाे महिनाकाे मध्यतिर सेताम्बे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका गौमुल गाउँपालिका त्रिबेणी नगरपालिकाका केही स्थानमा हिउँ पर्न थालेपछी गाईबस्तुलाइ पानी खुवान समेत समस्या भएको बिभिन्न ठाउँबाट बडिमालिका खवरलाइ जानकारी प्राप्त भएको छ ।

जिल्लाका हिमाली गाउँपालिका को गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन लगायतका क्षेत्रका किशानहरुलाइ भने समस्या भएको त्यहाँबाट खवर प्राप्त भएको छ । त्यसै गरि पानी संगै परेकाे हिमापातका कारण धेरै ठाउँका बिद्यालय बन्द हुने सम्भावना समेत रहेकाे छ । यस अघि पाैष १४ गते पनि हिमपात भएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार