बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिकाले बुझायो तथ्याङ्क कार्यालयलाई ध्यानाकर्षण पत्र

गौमुल गाउँपालिकाले बुझायो तथ्याङ्क कार्यालयलाई ध्यानाकर्षण पत्र

  • सोमवार, माघ १७, २०७८
गौमुल गाउँपालिकाले बुझायो तथ्याङ्क कार्यालयलाई ध्यानाकर्षण पत्र

बाजुरा — नेपालको जनगणना २०७८ मा गौमुल गाउँपालिकाको जनगणना सत्य नभएको भन्दै गौमुल गाउँपालिकाले तथ्याङ्क कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

२०६८ सालको जनगणना र २०७८ को जनगणनाको प्रारम्भीक तथ्याङ्कमा जम्मै २ सय ५० मात्रै जनसख्या बढेको देखाएको भन्दै जिल्ला प्रशासन कार्यालय जिल्ला तथ्याङ्क कार्यालय बाजुरामा ध्यानाकर्षण पत्र बुझाएको गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन ।

२०६८ को जनगणना अनुसार गौमुल गाउँपालिकाको जनसंख्या ८ हजार ५ सय १५ रहेको र मेरो जनगणना मेरो सहभागीता भन्ने नारा बोकेको २०७८ को जनगणना अनुसार ८ हजार ७ सय ६५ मात्रै रहेकोमा यो तथ्याङ्क गलत रहेको गाउँपालिकाले जनाएको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार