शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कम्युनिष्ट आन्दलन त ‘रअ’को बलि चढ्यो।

कम्युनिष्ट आन्दलन त ‘रअ’को बलि चढ्यो।

  • सोमवार, माघ १७, २०७८
कम्युनिष्ट आन्दलन त ‘रअ’को बलि चढ्यो।

सुरेशकुमार पान्डे — देशभित्रको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन जहिले पनि गनतब्यमा पुग्दा पुग्दै गनतब्यहिन भयको ईतिहाशछ।यो आन्दोलन यसरी गनतब्यहिन हुनुमा कतै ‘रअ’को मुख्य भूमिका त छैन?यो लेखकको दिमाखमा कम्युनिष्ट आन्दोलन तितिरबितर हुँदै आएको देख्दा यो प्रश्नले घर गरेकोछ।यद्मापि आफु संग यसको कुनै प्रमाण छैन त्यो ब्यबहारले मात्र देखाउँने बिषयनै हो कतिपय अबस्थामा सङ्का गर्ने थुप्रै आधारहरू भनेछन।
देशमा २०४६सालको ऐतिहाशिक जन आन्दोलन ताक राजतन्त्रको अबस्था बलियो थियो प्रतिगामि शड्यन्त्र गर्ने राजाको दाउँपेचहरू निकै बलियो थियो।त्यसपछि जुन सम्विधान सुधार आयोग बनाएर राजाले राजनीतिक दलहरूको बुद्धिनै भुट्यो।जस्ले घुमाई फिराई गरेर राजालाई सर्वभौम सत्ताको एकमात्र वारिस गरायो त्यति गर्दा पनि पार्टीहरूको बुद्धिपलाएन।अन्तिममा माओवादीहरूको जनयुद्ध देशमा मच्चाएर देशलाई आफ्नो अधिनस्त राख्न छिमेकीले माओवादीहरूलाई सहयोग पुराउँदै आयो।
तर त्यसपछि लामूसमय सम्म देशमा चलेको कथित जनयुद्ध ताक त्यो आन्दोलनलाई नियन्त्र गर्नमा ‘रअ’कै पनि मुख्य भूमिका रहेको कुरा१२बुंदे समझ्दारिले पनि पुष्टी गय्रो।अन्तरराष्ट्रिय कुनै भरप्रदो सुपरिबेक्षणमा देशको सम्बिधान सभा वा अन्तरिम सरकार समेतलाई नियन्तर्ण गर्ने बिचार भनेको ‘रअ’कै बिशेषता जस्तो हामिलाई त्यो वेलामा पनि नलागेको होईन।त्यो भन्दा पहिले माओवादी जनयुद्ध ताक त्यो जनयुद्ध लाई गति दिने कि नदिने यसबारेमा पनि ‘रअ’को नै भुमिका रहेको आभास हुन्छ।
नेपालमा जति वेला पनि कम्युनिष्ट आन्दोलन बलियो भयको हुन्छ त्यो कुनैन कुनै बहानाले छिन्न भिन्न हुन्छ यो नेपालको कम्युनिष्टको कुनै घटकलाई हेरेपनि त्यो जव उंच्चरूपमा पुग्छ त्यसको अफ्सान भयकोले प्रष्ट पार्छ।देशभित्र क्रान्तिकारी आन्दोलनलाई सफल हुन नदिन त्यसको महत्वपुर्ण भुमिका रहेको जस्तो लाग्छ।त्यो मात्रै होईन जहिले पनि कुनै देशभक्तले देशको हितमा कुरा उठाउँछ त्यसको कुनैन कुनै अबस्थामा दुर्घट्ना भयको हामिले देखेकाछौं।काला पानिको बारेमा पहिलो पल्ट संसदमा आवाज उठाएका धामीको त्यो वेला एउटा जिपदुर्घटना भयको थियो।पछि मदन भन्डारी र जीवलाल आश्रितको पनि दुर्घटना भयो।
कसैलाई सिखरमा पुराउँने र त्यो बाट आफ्नो स्वार्थ पुरा गर्ने अनि त्यसलाई तल झार्ने र आर्कोलाई फेरी सत्ताशिन बनाउँने यो प्रकृया हाम्रो देशको हुँदैआएकोछ।त्यसैको पछिल्लो कढि वलिको दुई तिहाईको सरकार बन्यो।वलिको सरकारकै पालामा काला पानीको नक्सा तैयार भयो तर त्यसलाई लागु गर्ने वेलामा भित्रभित्रै दरार पैदा भयो अनि आपसमै कम्युनिष्टको दुई तिहाई बहुमतको सरकारलाई वलिले बर्खास गरे अनि त्यहि पुसको पांच गते देखि उन्को उल्टो गिन्ति सुरूभयो।
देशभित्रको कुनैपनि कम्युनिष्ट शक्तिलाई कम्जोर बनाउँन लगातार पहल गर्दै आएको वेलामा अहिले स्वायम कमम्युनिष्टहरूले एक आपसमा नभयका खिचला जन्माएर टुक्रिन्छन।
छरिएर बसेका कम्युनिष्टको एकता हुनुपर्नेमा झन तितर बितर भयकाछन।त्यो मात्रै होईन यतिवेला देशभरीका देशभक्तहरूको एकताको नितान्त खांचोछ तर तिनिहरूपनि टुक्रिंदैछन।यो दुरगतिले देशमा ‘रअ’लेनै ठुलो खेल खेलेको आभाश हुन्छ।अहिले आएर अमेरिकि साम्राज्यवाद समेतले देशलाई हश्तक्षेप गर्न थालेकोछ।अमेरिकन साम्राज्यवादले आफ्नो बिरूद्धमा अगाडि सरेको चीनलाई कमजोर पार्न घेर्न यो रणनीति तैयार पारेकोछ।एम सीसीको नामले यो प्रकृया सन२००४देखि सुरू गरिएको थियो।अहिले सम्म एसियामा अमेरिका संग प्रदिश प्रधा गर्न सक्ने शक्ति भनेको चीननै हो।आफ्नो साम्राज्यलाई कायम राख्न विस्वमा महाशक्तिको रूपमा रहेको अमेरिकाले आफ्नो स्वर्ग लुटेको देख्न चाहाँने कुरा पनि भैन।त्यसैले आफ्नो रणनीति पुरागर्न उस्ले चिनको कार्यक्रमलाई छेक्नु पर्ने हुन्छ।अमेरिकाले त्यसको लागि एसियाका देशहरूलाई खास गरेर दक्षिण एसियाका यि स-साना देशहरूलाई सहयोगको नाममा आफ्नो उपनेवेसिक बनाउँने र चीनलाई घर्ने प्रयात्नमाछ।उस्को लागि सबैभन्दा फाईदा भारत पछि नेपाललाई आफ्नो मुट्ठिमा गर्नु हुन्छ त्यसैले उस्ले त्यो प्रयासमा आफ्नो कार्यक्रम तय गरेकोछ।हाम्रो जस्तो गरिव देशका लाछि नेताको बुद्धि भुटेर देशभित्रिन अमेरिकालाई ठुलो कुरा होईन।त्यहि बिषयमा ध्यायन दिएर उस्ले कांग्रेस र एमाओवादीको सरकारको पालामा सन२०१७मा एमसीसीलाई हस्तक्षेर गराई सकेकोछ।अब त मात्र संसदको दुई तिहाई बहुमत द्वौरा त्यसलाई बिधिवत रूपमा औपचारिकता पुरा गर्नेहो।त्यसैको लागि देशमा यि नेताहरूको खिचातानि चलेकोछ यसको जस कसले लिनेर अमेरिकि साम्राज्यवादको प्रमुख दलाल को बन्ने होड मात्रै हो।देशका ठुला पार्टीका कयौं नेताहरूले कमिसन खाई सकेकाछन भने यिनिहरू ‘रअ’को निगरानिमाछन।अब उनिहरूलाई सरकारमा रहंनलाई भयपनि राष्ट्रघाति काम नगरि साध्यछैन।किन भने उनिहरूले एमसीसी पारित गराउँने सुपारी लिई सकेकाछन।
हाम्रो देशको कम्युनिष्ट आन्दोलनलाई छिया छिया पार्ने खेल लगातार हुँदै आएकोछ।त्यसैले पनि सच्चा कम्युनिष्टहरूको बिचमा दरार हालेर कम्जोर बनाउन लगातार शड्यन्त्र हुँदै आएकोछ।नेकपा मसाल बाट एउटा नेता गयो भने मसाल फुट्यो भनेर ठुलो प्रचार गरिन्छ।नेपालमा एउटा मात्र पार्टी नेकपा(मसाल)नै छ जस्ले सच्चा कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेकोछ तर २०४६साल पछि नेकपा मसाललाई टुक्रा पार्न योजनावद्ध रूप बाट लागेकाछन।कहिले हाड छाला समेत नरहने गरि सखाफ पार्छु भन्छन,कहिले मसालमा पहिरोगयो भन्छन तर पनि मसाल उस्तै दरिलेछ र रहिरहनेछ।जनताले जहिले सम्म साथ दिनेछन यि दलाल फुटप्रस्त र प्रतिकृयावादी शक्तिले भनेर केहिपनि हुनेवालाछैन।तर अहिले देशमा जुन कम्युनिष्टलाई सखाफ पार्ने योजना बन्दै आएकोछ यो ‘रअ’कै इसारामा भयको देखिन्छ।३

चर्चामा

सम्बन्धित समाचार