• होमपेज
  • त्रिवेणी
  • नाटेश्वरीमा ६ करोड भन्दा बढिको लागतमा फनपार्क र मन्दीर बन्दै, सासंद थापाद्धारा शुभारम्भ

नाटेश्वरीमा ६ करोड भन्दा बढिको लागतमा फनपार्क र मन्दीर बन्दै, सासंद थापाद्धारा शुभारम्भ

  • आइतवार, माघ १६, २०७८
नाटेश्वरीमा ६ करोड भन्दा बढिको लागतमा फनपार्क र मन्दीर बन्दै, सासंद थापाद्धारा शुभारम्भ

बाजुरा — त्रिबेणी नगरपालिकाको वडा न ७ नाटेश्वरी मन्दीरमा करिव ६ करोड भन्दा बढि लागतमा नाटेश्वरी मन्दिर पुन निर्माण तथा फन पार्क निर्माण हुने भएको छ । नाटेश्वरीमा निर्माण हुने मन्दिर र फन पार्कको बाजुराका संघिय सांसद लाल बहादुर थापाले एक कार्यक्रमका बिच शुभारम्भ गरेका छन । करिव ६ करोड लागतमा फन पार्क निर्माण गरिने त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिं रावलले बताएका छन ।
जलुकेनी निर्माण सेवा प्रालिको ठेक्का सम्झौता भएर मन्दिर निर्माण र फन पार्क निर्माण गरिने भएको सो ठेकेदार कम्पनीका प्रतिनिधि रिषिराम फुयालले बताएका छन । करिव १४ करोडको लागतमा नाटेस्वरीको डिपिआर भएको भए पनि आफुले यस बर्ष पहिलो चरणमा पर्यटन मन्त्रालयले आह्वन गरेको ६ कराेडको ठेक्का आफुले पाएको र सो कार्य शुक्रबार देखी नै शुभारम्भ गरिएको फुयालले बताएका छन । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र त्रिबेणी नगरपालिकाको संयुक्त सहयोगमा नाटेश्वरीमा मन्दिर र धर्मशाला लगायतका संरचना निर्माण हुने बाजुराका सांसद लाल बहादुर थापाले बताएका छन ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने गरी महत्वपूण आयोजनाका रुपमा मन्दिर र फनपार्क निर्माणलाइ उच्च प्राथमिकतामा राखेर गाउँलाइ समृद्ध बनाउने उदेस्यका साथ सो कार्यको थालनि गरिएको नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापाले बताए । स्थानीयबासीहरु लाई रोजगारी दिने, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने,  नगरपालिकाको अर्थोपार्जन र सामाजिक विकासमा समेत यसले टेवा पुर्‍याउने हुदाँ आस्ताको धरोहर मानिने धार्मीक तथा पर्यटकीय क्षेत्र नाटेश्वरी मन्दीर र फनपार्क निर्माण संगै यहाको स्थानीय उत्पादनलाई समेत जोड दिनुपर्ने नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद थापाले बताए ।
निर्माण हुने फनपार्क पर्यटकीय हिसाबले नजिकै बडिमालिका थार्मिक तथा पर्यटकिय क्षेत्रको अवलोकन हुनु का साथै यसबाट त्रिबेणी नगरपालिकाका स्थानीयले नाफा लिन सक्ने गरि अगाडी बढाउन सकिने त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिहं रावलले बताए । यहाको आर्थिक उन्नतीका दृष्टीकोणमा पनि राम्रो हुने उनले बताए ।
त्रिबेणी नगरपालिका वडा न ७ का वडा अध्यक्ष प्रेम थापाको अध्यक्षतामा संचालन भएको शुभारम्भ कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य बाजुरा जिल्ला ईन्चार्ज प्रतिनिधि सभा सदस्य सांसद लाल बहादुर थापा प्रमुख अतिथि रहेका थिए, कार्यक्रमका बिषिष्ठ अथिती त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिहं रावल रहेको थिए ।

चर्चामा

सम्बन्धित समाचार