मङ्लबार, बैशाख २५, २०८१

गजल!

  • शनिबार, माघ १५, २०७८
गजल!

वास्तवमा भन्दा कयौं नेता गद्धार भएकाछन,
देश र जनता लाई समेत धेरै भार भएकाछन।

फेरीपनि उनै भोटमाग्न आउँनेछन घर घरमा,
लेखेर राख्नु देशका लागि वेकार भएकाछन।

हामिले त सधै बिदेशलाईमात्रै सरपेका हुन्छौं,
बिदेशी भित्राउने तिनैनेता आधार भएकाछन।

संघियता भित्राए बिप्पा भित्राए र एम सी सी,
कयौं नेता नै बिखण्डका औजार भएकाछन।

सरकारमै पुगि नागरिकाको दोकान खोलेका
आज जनताकै अगाडी नाङ्गेझार भएकाछन।

जनतालहरूले किन बुझेर पनि बचपचाएको,
गद्धारको लागिपनि आफै उपहार भएकाछन।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार