शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको एक मोबाइल पसलमा चोरी

बाजुराको एक मोबाइल पसलमा चोरी

  • बिहिबार, माघ १३, २०७८
बाजुराको एक मोबाइल पसलमा चोरी

बाजुरा — बाजुराको सदरमुकाम मार्तडी गौँडाडिलमा रहेको एक मोबाइल पसलमा बुधबार राति चोरी भएको छ ।
बडिमालिका नगरपालीका वडा नं ९ मा रहेको दिपेन्द्र रोकायाको मोबाइल पसलमा चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुधबार राति ताला ताेडेर ल्यापटप , घडी, मोबाईल चार्जर, ईएरफोन, पाँच थान मोबाइल ,ल्यापटप चार्जर ,साउण्ड सिस्टम र   गल्लामा रहेका ७ हजार नगद  समेत गरी करिब १ लाख मूल्य बराबरको सामान चोरी भएको प्रहरी निरिक्षक देबेन्द्र जोशीले जानकारी दिए ।
चोरले राति कोही नभएको मौकामा ताला फुटाएर मोबाइल पसलमा रहेका थुप्रै सामाग्री चोरेको थियो । चाेरी बारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार