मङ्लबार, बैशाख २५, २०८१

गजल!

  • सोमवार, माघ १०, २०७८
गजल!

शन्तान एक ढिक्का भए प्रखल बलियो हुन्छ,
युवा शक्ति देश भित्रभए नेपाल बलियो हुन्छ।

लाई ख्वाई र संस्कृतिमा बिदेशको हवा लाग्यो,
नेपालिपनमै तराई पहाड हिमाल बलियो हुन्छ।

बुद्धको जनम ठाउँ पहाडले घरेको शुन्दर देश,
समाज भए सधैभरी नै खुसहाल बलियो हुन्छ।

असमान सन्धि सम्झौता गर्दै नगर्ने कहिले पनि,
हामी नागरिक बनि गरौं देखभाल बलियो हुन्छ।

मर्दाको मलामे बिहेको जन्ति भेटिदैन देश भरी,
युवाहरुको नपरे देशमा अनिकाल बलियो हुन्छ।

सडक र सदनमै समेत खैलाबैला हुन्छ सधैभरी,
देशभित्र कसैले पनि नगरौं बबाल बलियो हुन्छ।

जसको जोत उसैको पोत गराउँ शुन्दर ब्यबस्था,
देश त सबैको भए राम्रो हालचाल बलियो हुन्छ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार