बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा मंगलबारबाट बुस्टर डोज लगाउने

बाजुरामा मंगलबारबाट बुस्टर डोज लगाउने

  • आइतवार, माघ ९, २०७८
बाजुरामा मंगलबारबाट बुस्टर डोज लगाउने

बाजुरा — बाजुरामा मंगलबार अर्थात ११मंगलबारबाट कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिइने भएको छ । खोपको उपलब्धता सँगै मंगलबारबाट पालिकाले तोकेको खोप केन्द्रबाट बुस्टर डोज खोप लगाउन सकिने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।
जिल्लाका ९ वटै पालिकामा बुस्टर डोज पठाइ सकिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले बताए । कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगेको अग्रपंक्तिमा खटिनेलाई तेस्रो मात्रा (बुस्टर डोज) लगाइने कार्यालय प्रमुख पन्तले बताएका छन ।
‘मंगलबारदेखि हामीले जिल्लाभरी अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिँदैछौं, त्यसका लागि खोप पालिकाले तोकेको खोप केन्द्रमा पठाइसकेका छौं,’ कार्यालय प्रमुख पन्तले भने, ‘ कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको छ महिना पुगेकालाई मात्र बुस्टर डोज दिईने हो कार्यालय प्रमुख पन्तको भनाई रहेको छ ।

बाजुरा जिल्लामा अहिलेसम्म १८ वर्षभन्दा माथिका ८२ प्रतिशत नागरिकले पहिलो डोज तथा ५७ प्रतिशतले दोस्रो डोज खोप लिइसकेका छन् । जसमा पहिलो डोज ८० हजार ८ सय ८० ले लगाएका छन भने दोस्रो डोज लगाउनेको सख्या ५७ हजार १ सय २५ ले लगाएका छन। त्यस्तै १२ वर्षदेखि १७ वर्ष उमेर समूहका ९९ प्रतिशतले पहिलो डोज लगाएका छन सो समुहका १७ हजार ६ सय ३७ जनाले खोप लिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तथ्यांकमा उल्लेख छ ।
बाजुरा सुदुरपश्चिम प्रदेशकै सबै भन्दा बढि खोप लगाउने जिल्लाको रुपमा रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तले जानकारी दिएका छन । पहिले लगाएकाे खोपले ६ महिना सम्म कोरोनाबाट बच्न सकिने वा कोरोना भइहाले पनि बच्न सकिने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख पन्तको भनाई रहेको छ । ६ महिना पछि रगतमा एन्टीवडी कम हुने र त्यो एन्टीवडी बढाउने दिईने खोपलाई बुष्टर डोज भनिएको प्रमुख पन्तको भनाई रहेको छ , यो बुष्टर डोजले थप ६ महिना सम्म कोरोना हुन बाट बचाउने गरेको उनले बताएका छन ।

No description available.

चर्चामा

सम्बन्धित समाचार