शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा कोरोनाकाे पिसिआर जाँच गर्दा निशुल्क

बाजुरामा कोरोनाकाे पिसिआर जाँच गर्दा निशुल्क

  • शनिबार, माघ ८, २०७८
बाजुरामा कोरोनाकाे पिसिआर जाँच गर्दा निशुल्क

बाजुरा–बाजुरा जिल्लामा पिसिआर जाँच सेवा निशुल्क गरेको छ । अस्पताल बाजुराले सञ्चालमा ल्याएको पिसिआर ल्याबमा कोरोना जाँच निशुल्क गर्ने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशिले वताएका छन् ।
जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको १ महिना बढी समय भएको छ । सेवा सञ्चालन आएपछि १ सय ७६ जनाको पिसिआर जाँच गरिसकेका छन् । जस मध्ये ५० जनालाई पोजेटिभ देखाएको थियो । अन्यत्र सरकारी अस्पतालमा पिसिआर जाँच गरेको ८ सय निजिमा २ हजार बढी रकम लिने गरेको खबर आएपनि अस्पताल बाजुराले भने निशुल्क जाँच गरेको छ ।
कोभिड आशंका भएका बिरामीका जाँच गर्ने पैसा नहुने समस्या भएकाले अहिले सम्म निशुल्क जाँच गरिरहेको अस्पताल बाजुरा प्रमुख जोशीले वताएका छन् । शंका लागेका बिरामीको पिसिआर ल्याब जाँच गर्ने गरेको उनले वताए । एकचोटि पोजेटिभ भएपटि पटक पटक जाँच गरिनुपर्ने हुन्छ, धेरै सँग पैसा नहुने समस्या हुन्छ पिसिआर ल्याब निशुल्क हुदा आर्थिक अबस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको स्थानिय बल बहादुर रोकायाले वताए ।
लामो समयको प्रयास पछि दुई महिना पहिला मात्र पिसिआर ल्याब सुचारु भएको थियो । कोभिड जाँचका लागि यो भन्दा पहिला धनगढी, डोटि लगायत जिल्ला बाहीर जानुपर्ने बाध्यता रहेको थियो । पिसीआर ल्याब सञ्चालनका लागि संघिय सरकार, प्रदेश सरकारले लगानि गरेको थियो । धेरै सामान संघिय सरकार बाट सांसद लाल बहादुर थापाको पहलमा बाजुरा ल्याएको थियो, भने अपुग सामान अस्पताल बाजुराले २७ लाखमा टेन्डर गरेर खरिद गरेको हो ।
पिसिआर ल्याब सेवा सञ्चालनमा आएपछि अन्य भाइरस र ब्याक्टरीयाको जाँच पनि हुने गरेको छ । अन्य कुनै सरुवा रोग फैलिएमा रोग पहिचानको लागि जाँच गर्न धनगढी, नेपालगञ्ज, काठमाडौ पठाउनु पर्ने गरेको थियो अब यहि ल्याब बाट अन्य जाँच हुने भएकाले सहज भएको अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार