शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा तिव्र गतिमा कोरोना फैलियाे, संक्रमित बजारमा डुल्दै

बाजुरामा तिव्र गतिमा कोरोना फैलियाे, संक्रमित बजारमा डुल्दै

  • शुक्रबार, माघ ७, २०७८
बाजुरामा तिव्र गतिमा कोरोना फैलियाे, संक्रमित बजारमा डुल्दै

बाजुरा — बाजुरामा कोरोना संक्रमीतको संख्या दिनानु दिन बढ्दै गएको छ । अहिले सदरमुकाम मार्तडीमा प्रत्येक ठाउँमा कोरोना संक्रमणका बिरामीहरु यत्रतत्र रहेका देखिन्छन ।
कोरोना संक्रमण दर प्रत्येक दिन बढ्दै गएको भएको भए पनि सुरक्षाका मापदण्डहरु भने कसैले प्रयोग गर्ने गरेको पाईएको छैन । जिल्ला अस्पताल बाजुराको तथ्याङ्कअनुसार एक हप्तामा १ सय ४९ जनाको पिसिआर परिक्षण गर्दा ३६ जनामा कोरोना पोजेटिभ देखीएको जिल्ला अस्पताल बाजुराका कोभिड सुचना अधिकारी चुडामणी पन्तले बताए ।
यो तथ्याङ्क बाजुरामा पहिलो र दोस्रो कोरोनाको भेरियन्टको तुलनमा अत्याधिक बढि भएको सुचना अधिकारी पन्तले बताए । जिल्लाका मुख्य नाकाहरुमा कडाई नहुदा जिल्लामा संक्रमण दर बढ्दै गएको हुन सक्ने जिल्ला अस्पताल बाजुराले जनाएको छ । बाजुरामा गरिएको पिसिआरमा ४ देखी ७ जनामा कोरोना पोजेटिभ देखीने गरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ । सदरमुकाम मार्तडीमा अँझ यसको प्रभाव बढिरहको देखीएको छ ।
कोरोना पोजेटिभ भएका धेरै जसो संक्रमीतहरु बजारमा डुलीरहदा अझ थप कोरोना फैलिने डर भएकोले जिल्ला प्रशासनले कडाई गर्नुपर्ने देखीएको नागरिक समाजका अगुवाहरुले बताएका छन ।

 स्वास्थ्य कार्यालय बाजुराकाे तथ्याङ्क अनुसार हाल सम्म जिल्लाभर ६३ जना संक्रमित रहेका जनाएकाे छ । जसमा बडिमालिका नगरपालिकामा ३७ जना, बुढिनन्दा नगरपालिकामा ५ जना, बुढिगंगा नगरपालिकामा १२ जना त्रिबेणी नगरपालिकामा ७ जना र हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकामा १/१ जना रहेकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । बिहिबार गरिएकाे परिक्षणमा जिल्लाभर ३३ जनाकाे परिक्षण गर्दा १५ जनामा काेराेना पाेजेटिभ देखीएकाे स्वास्थ्य कार्यालय बाजुराकाे तथ्याङ्क रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार