शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना

अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना

धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता हट्यो

  • बिहिबार, माघ ६, २०७८
अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना

बाजुरा–जिल्ला अस्पताल बाजुरामा अक्सिजन पलान्ट स्थापना भएको छ । अस्पतालमा पलान्ट स्थापना सँगै सञ्चालनमा आएको अस्पातल बाजुराका प्रमुख डा. प्रकाशराज जैशीले वताएका छन् । असारमै पलान्ट स्थापना गर्ने योजना भएपनि बर्षातका कारणले सामान ढुवानी गर्न अलि ढिलाइ भएकाले केही समय स्थापना हुन समय लागेको अस्पतालले जनाएको छ ।
अक्सिजनका लागि धनगढी, नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ । कोभिडको तेस्रो लहर फैलिरहेको बेला जिल्लामा अक्सिजन पलान्ट स्थापना भएपछि उपचारमा ठुलो सहयोग भएको अस्पताल बाजुराले जनाएको छ । अक्सिजन पलान्ट स्थापनाका लागि शुदुरपश्चिम प्रदेश सरकार बाट ८० लाख र संघिय सरकारको ७५ लाख गरि १ करोड ५५ लाख बिनियोजन भएको थियो ।
दोस्रो पटक कोरानाको कहरको बेला संघिय सरकार र शुदुरपश्चिम प्रदेश सरकारले अक्सिजन पलान्ट स्थापना गर्नका लागि बजेट बिविनयोजन गरेर काम अघि बढेको थियो । अक्सिजन पलान्ट स्थापना भए सँगै कोरानका बिरामी मात्र नभई अन्य बिरामीलाई समेत उपचारमा निकै सहज भएको अस्पतालका कोभिड फोकल पर्सन चुडामणि पन्तले वताएका छन् ।
पलान्ट स्थापना नहुदा जिल्ला अस्पताल बाजुरामा अक्सिजनका लागि धनगढी नेपालगञ्ज बाट ल्याउनु पर्ने बाध्यता रहदै आएको थियो । अब त्यो हटेको अस्पतालले वताएको छ । पलान्ट स्थापना सँगै अस्पताल बाजुरामा २० वटा बेडमा सिधै पाईप लाइन जोडिएको छ । २वटा आइसियु वेड, इर्मेजेन्सि र आकस्मिक प्रसुति सेवामा पाइप लाइन जोडिएको अस्पतालका सुचना अधिकारी नृपराज गिरीले वताए । अक्सिजन पलान्ट स्थापना सँगै जिल्ला अस्पताल बाजुरामा २ बेड आइसियु बेड पनि सञ्चालन हुने क्रममा रहेको छ ।
कोरोनाको तेस्रो लहर बाजुरामा पनि निकै फैलिरहेको छ । पिसिआर जाँच गर्दा ७० प्रतिशत भन्दा बढी कोरोना पोजेटिभ देखिने गरेका छन् । कोरोनाको कहर फैलिए सँगै कोभिडका बिरामीलाई जति बेला पनि अक्सिजन आबश्यक पर्न सक्छ, अक्सिजन पलान्ट स्थापनाले निकै सजिलो भएको उद्योग बाणीज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकायाले वताएका छन् । बाजुरामा अक्सिजन पलान्ट नहुदा धेरै कोभडका धेरै संक्रमितले ज्यान गुमाउनु परेको थियो । पिसिआर ल्याब भने यो भन्दा पहिला नै बाजुरा अस्पतालमा सञ्चालनमा आइसकेको थियो ।

चर्चामा

सम्बन्धित समाचार