शुक्रबार, चैत्र १६, २०८०

गजल

  • मङ्लबार, माघ ४, २०७८
गजल

आजको समाजमा पुरूषले भनेनुसार हुनेगर्छ,
असमानताका जुनसुकै काम ब्यबहार हुनेगर्छ।

यो पुरूष प्रधान अनि पुँजिवादी ब्यबस्थाभित्र,
श्रमजीवी बर्गका लागि योजना बेकार हुनेगर्छ।

आमाले छोरी बुहारी जे भुमिका निर्वा गरे पनी,
उनैलाई उपयोग पुंजि जुटाउँने आधार हुनेगर्छ।

कयौं छोरी कन्यमै बृद्धा भएको देखिन थाल्यो,
भनौं त यो समाजलाई छोरी किन भार हुनेगर्छ।

हुनैपर्नेहो छोरा र छोरी बराबर यो संसारभरि नै,
तर जुनठाउँमा पनि पुरूषमात्रै हकदार हुनेगर्छ।

छोरा सरह सम्पत्तिमा नहुँदा अधिकार छोरिलाई,
यहि समाजमा सधै उपहाश र ब्यबिचार हुनेगर्छ।

आमा अब विज्ञानले नयाँनयाँ खोज गरेकै बेला,
तर हाम्रै समाज रूढिवादले सधै बिमार हुनेगर्छ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार