शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • अब देशलाई स्कुल चाहिदैन !

अब देशलाई स्कुल चाहिदैन !

  • मङ्लबार, माघ ४, २०७८
अब देशलाई स्कुल चाहिदैन !

जनक बि सि

# ऊ त्यँहा हेर्नुस् स्कुल कै करेसा बारि छेउमा मदिरा पसल , दिनभरि खुलेको छ ।

त्यसैकाे छेउमा रहेको स्कुलमा भने भाेटे ताल्चा ठाेकिएकाे छ ,
पढ्न जाँऊ भन्याे पढ्न पाईदैन
अब देशलाई स्कुल चाहिदैन।

# बजार र गाउँले पसलमा जाेडिहरु अङ्गालाे हालि बस्दछन त्यँहा काेभिड १९ काेराेना सर्दैन ,

स्कुलमा स्वास्थकाे मापदण्ड कडा कडा छ त्यसैले सरकारलाई बालबालिकाहरु स्कुल गएको मन पर्दैन
अब देशलाई स्कुल चाहिदै चाहिदैन ।

# हेर्नुस् चुराेटकाे धुवा उडेको छ चियाँ पसलहरुमा
सरकारमा बनिरहेका मन्त्री र नेताहरू गफिएका छन रास्ट्रघाति गफहरुमा ,

बसमा भने उभिने ठाउँ छदै छैन
यातायातमा ठेलम्ठेल छ
मालपोतमा पेलम्लम पेल छ
काेभिड १९ काेराेना भाईरस स्कुलमा मात्र छ काेठामा पस्न पाईदैन
अब देशलाई स्कुल चाहिदै चाहिदैन ।

# राजनीति दल पार्टीहरुकाे अधिवेशन घनघाेर चलिरहन्छ त्यँहा काेभिन १९ काेराेना सर्दैन ,
बजारहरुमा भिडकाे भिड छ त्यँहा काेभिडले काेहि मर्दैन
तर स्कुल भित्र काेराेना पसेकाे छ
बालबालिका पढ्न जान पाईदैन
अब देशलाई स्कुल चाहिदै चाहिदैन ।

# पढेर लेखेर मानिसहरु जान्ने सुन्ने भए ,
पढेर मानिसहरु कालो कर्तुतहरु बुझ्ने भए
पढेर मानिसहरु प्रतिक्रियावादिहरुका बाइवडि र ॐ नि बुझ्ने भए
मिलेमतोमा देश सकिरहेकाे पनि बुझ्ने भए
त्यसैले हाम्रो देशमा स्कुल जान पाईदैन
अव देशलाई स्कुल चाहिदैन ।

# हेर्नुस् बुझिरहदा त स्कुलका शिक्षकहरु काेराेना हुन
उनिहरुले पढाई रहने ज्ञान ओमिक्राेन हाे
बालबालिकाहरु बस्ने डेस्कबेन्च भरि
काेराेनाकाे डङगुर छ
बाटो चाहि चक्का जाम छ
काेराेना निस्षासिएर मरेको छ
यँहा जे गर्न नि पाईन्छ पढन पाईदैन
अव देशलाई स्कुल चाहिदैन ।

# जिब्रो नलाउने प्रधानमन्त्रिकाे सरकार भन्छ
स्कुल भन्दा सार्वजनिक सडकहरु सुरक्षित छ
स्कुलभन्दा मदिरा भट्टि पसलहरु सुरक्षित छ
र स्कुल भन्दा साझा बसहरु सुरक्षित छ
बालबालिका स्कुल जान प्रतिबन्ध छ
स्कुल जान भने पाईदै पाईदैन अव देशलाई स्कुल चाहिदै चाहिदैन ।

चर्चामा

सम्बन्धित समाचार