शुक्रबार, चैत्र १६, २०८०

गजल!

  • सोमवार, माघ ३, २०७८
गजल!

संगै हिडेका साथि के मजबुरी भयो चिन्न सकिनन्,
हिंजो का घनिष्ठ साथि निष्ठुरी भयो चिन्न सकिनन्।

किन होला सबै मानिस लाई मनोमानि राम्रो लाग्यो,
बिस्तारै बड्ने निश्चित हाम्रो दुरी भयो चिन्न सकिनन्।

हाम्रो उदेश्य त यो जंघार तर्ने तर माझ धारमा छाडे,
बोलि बचनमै पनि धारिलो छुरी भयो चिन्न सकिनन्।

हामिले जुन उदेश्यका लागि शंघर्ष गय्रो त्योछ उस्तै,
अहिले भित्र भित्रै स्वार्थको धुरी भयो चिन्न सकिनन्।

कस्को भरमा शंघर्षगरौं सबै उस्ता उस्तै हुँदै गएपछि,
आज समस्या बढेर मुरि का मुरी भयो चिन्नै सकिनन्।

सबैले आफुलाई अब्बल सम्झिन्छ गलति न स्विकारी,
समाजमा किन सबैको कुरिकुरी भयो चिन्नै सिकानन्।

सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार