शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • पूर्व प्रेमीलाई फसाउन इन्स्टाग्राममा ३० नक्कली अकाउन्ट, त्यसपछि के भयो ?

पूर्व प्रेमीलाई फसाउन इन्स्टाग्राममा ३० नक्कली अकाउन्ट, त्यसपछि के भयो ?

  • सोमवार, माघ ३, २०७८
पूर्व प्रेमीलाई फसाउन इन्स्टाग्राममा ३० नक्कली अकाउन्ट, त्यसपछि के भयो ?

मानिसहरु जब प्रेममा असफल हुन्छन् तब आफ्नो प्रेमी वा प्रेमिकालाई फसाउनका लागि कुनैपनि हदसम्म जान सक्दछन् ।

हालै एउटा यस्तो घटना सार्वजनिक भएको छ जहाँ क युवतीले आफ्नो पूर्व प्रेमीलाई बदनाम तथा समस्याग्रस्त बनाउनका लागि यस्तो चाल चलेकी छिन् जसका कारण उनले जेल पनि जानु परेको छ ।

ती युवतीले प्रेममा धोका खाएको बदला निका लागि सोसल मिडियाको सहारा लिइन् । उनले आफ्नो भूपू प्रेमीको नाममा एक दुईवटा होइन ३० वटा फर्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् र ती अकाउन्टबाट आफैलाई धम्कीपूर्ण मेसेज पठाइन् । साथै पूर्व प्रेमीले आफुलाई मार्ने षडयन्त्र गरेको आरोप लगाइन् । सो घटनाबाट उनका पूर्व प्रेमीलाई बाँच्नै मुस्किल भयो ।

समाचार अनुसार बेलायतको लिभरपुलमा बस्ने २० वर्षकी कोर्टनी आयरल्याण्ड र एन्सवर्गमा बस्ने २२ वर्षका लुइस जोलीले विगतमा एक अर्कालाई प्रेम गर्दथे । तर उनीहरुबीच गतवर्ष झगडा भयो र ब्रेकअप भयो । त्यसपछि प्रतिशोधले भरिएकी कोर्टनीले ले जोली विरुद्ध यस्तो चाल चलिन् जसका कारण जोली बर्बाद भए ।

जोलीलाई फसाउन र जेल पठाउनका लागि उनको नाममा ३० वटा नक्कली इन्स्टाग्राम अकाउन्ट बनाएर उनले हत्या गर्ने जस्ता धम्कीपूर्ण मेसेज पठाइन् । उनले जोलीमाथि पछ्याएको, अश्लील कमेन्ट तथा उत्पीडन गरेको लगायतका आरोप लगाएर प्रहरीमा बयान दिइन् ।

कोर्टनीको उजुरीपछि प्रहरीले जोलीलाई पक्राउ गर्यो र ८१ घण्टासम्म हिरासतमा राख्यो । यो घटनापछि जोलीको नोकरी मात्र गुमेन उनी डिप्रेसनमा गए र निकै बेइज्जती भयो ।

प्रहरी समक्ष जोलीले आफुमाथि लागेका सबै आरोप अस्विकार गरे र उल्टै कोर्टनीमाथि मुद्दा हाले । अदालतमा यो घटनाको सुनुवाई हुने क्रममा इन्स्टाग्रामका मेसेजहरुको जाँचको आदेश दिइयो । जब इन्स्टाग्राम मेसेजहरुको जाँच गरियो तब कोर्टनीको कर्तूतको पर्दाफास भयो । ती सबै इन्स्टाग्राम अकाउन्टहरु कोर्टनीको मोबाइलबाट खोलिएको, सबै मेसेजहरुको आइपी एड्रेस एउटै रहेको र कोर्टनीले जोलीलाई फसाउनका लागि आफुले आफैलाई धम्कीपूर्ण मेसेजहरु पठाएको खुलासा भयो ।

यस विषयमा कडाइपूर्वक सोधपुछ गर्दा कोर्टनीले आफ्नो अपराध स्वीकार गरिन् । यो सबै अपराधमा कोर्टनीलाई उनका नयाँ ब्वायफ्रेण्डले पनि साथ दिएका थिए । कोर्टनीले आफ्नी आमालाई पनि जोलीको विरुद्ध भड्काएकी थिइन् । अन्ततः कोर्टनीलाई अदालतले १० महिनाको जेल सजायँ सुनाएको छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार