बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित

काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित

  • शनिबार, माघ १, २०७८
काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित

स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ ।

टिचिङ अस्पतालमा एक हप्तामा ६० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् भने निजामती अस्पतालमा ३०, पाटन अस्पतालमा २५, वीर अस्पतालमा १५, भक्तपुर अस्पतालमा ७ र सशस्त्र प्रहरी अस्पतालमा ४ जना सङ्क्रमित भएका छन् । शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका एमबीबीएसका विद्यार्थी, रेसिडेन्सियल चिकित्सक लगायत स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

चर्चामा

सम्बन्धित समाचार