शुक्रबार, चैत्र १६, २०८०

गजल!

  • शुक्रबार, पुस ३०, २०७८
गजल!

धेरै हुन्छ समस्याहरू प्रवाशी मजदुर भएपछि,
सरकार बिदेशकै अंघि सधै जि हजूर भएपछि।

किन दिनौ आत्माहत्य गर्छन वा मारेर फालिए,
कसरि बांचिन्छ अन्य अत्याचा भरपुर भएपछि।

काम गर्छन ईमानदारी सँग वेमानहरूका घरमा,
शुरक्षित हुँदैनन् कोहि जेलमा वेकसूर भएपछि।

हामिलाई न्याय कसले दिन्छन् आर्काको देशमा,
हाम्रा नेताहरू लाई बिदेशी नै कोहिनूर भएपछि।

गरिबको जीन्दगि जीन्दगिजस्तै भईन कहिले खै,
मुटु पिरो हुनेगर्छ सधै सपना चक्नाचुर भएपछि।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार