गजल!

  • मङ्लबार, पुस २७, २०७८
सेयर गर्नुहोस् :
गजल!

एकिकरण का लागि उनि धेरै माहिर थिए,
पृथ्वीनारायण शाह देशका एक वीर थिए।

राष्ट्रीय एकता दिवश त उनकै आगमनमा,
उन्का बाणि उपदेश पत्थरकै लकिर थिए।

एकिकरणको अभियान छन प्ररेणा दाएक,
अखण्ड देशकै लागि टुक्रेका जञ्जिर थिए।

सात मैनाकै गर्भबाट सत्ताईस पुषमा जन्मे,
पृथ्वीनारायण शाह नै देशका तक्दिर थिए।

शिक्षा लिएर तिमिहरू काला पानी फर्काउ,
सम्मान गरौं पृथ्वी झुक्दै नझुक्ने सिर थिए।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार