शनिबार, बैशाख ८, २०८१

गजल!

  • शनिबार, पुस २४, २०७८
गजल!

सधैभरी देश र जनताको लागि शंघर्ष गर्नैपर्छ,
नेता जी अब नबनेर कत्ति दागी शंघर्ष गर्नैपर्छ।

अन्याय अत्याचार भ्रष्टचार कुनियतिको देन हो,
बनाईएकोछ जनतालाई अभागी शंघर्ष गर्नैपर्छ।

नेताको भर कसरीपरौं सुनाउँछन दन्ते कथाहरू,
छैनन् ईमानदार प्रत्येकछन धागी शंघर्ष गर्नैपर्छ।

अबको पालो देश र जनताको हितमा हामि सबै,
आन्धि तुफान बनि सिमाना नांगी शंघर्ष गर्नैपर्छ।

निजि स्वार्थ भन्दा उठेर देशको झण्डा उठाउँला,
सबै देशभक्त अब निदबाट जागि शंघर्ष गर्नैपर्छ।

राष्ट्रीय एकताको नितान्त आबस्याकता हुँने हुंदा,
छाति मा देशको नक्सा लाई टांगी शंघर्ष गर्नैपर्छ।

सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार