मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाचार
  • करिब २१ हजारको नमूना परीक्षण गर्दा ३८२ जनामा कोरोना पुष्टि

करिब २१ हजारको नमूना परीक्षण गर्दा ३८२ जनामा कोरोना पुष्टि

  • शनिबार, पुस १७, २०७८
करिब २१ हजारको नमूना परीक्षण गर्दा ३८२ जनामा कोरोना पुष्टि

काठमाडौं — नेपालमा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा पीसीआर परीक्षणबाट ३४२ र एन्टिजेन परीक्षणबाट ४० जनामा संक्रमण देखिएको हो।

त्यस्तै पछिल्लो २४ घन्टामा थप २५२ जना संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा हाल ४९६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ५९ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

चर्चामा

सम्बन्धित समाचार