शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको अध्यक्षमा मेरो पनि आकाङक्षा रहेको छ : नेता ओली

नेकपा एमाले बाजुराको अध्यक्षमा मेरो पनि आकाङक्षा रहेको छ : नेता ओली

  • शनिबार, पुस १७, २०७८
नेकपा एमाले बाजुराको अध्यक्षमा मेरो पनि आकाङक्षा रहेको छ : नेता ओली

बाजुरा —  नेकपा एमाले बाजुराको ७ औँ जिल्ला अधिबेशन नजिकीए संगै एमाले नेताहरुको दौडधुप तथा अधिबेशनमा केन्द्रीत भएका छन । नेकपा एमालेले देशभरमै पुष २३ गते जिल्ला अधिबेशन गर्ने तय गरेको छ । स्थानिय तह र केन्द्रिय अधिबेशन गरिसकेको एमालेले जिल्लाको पुष २३ गते गर्न निणर्य गरेको छ ।
२३ गते हुने बाजुराको ७ औँ जिल्ला अधिबेशनको तयारीका लागि नेकपा एमाले जिल्ला कमिटि बाजुराले पुष ११ गते जिल्ला कमिटी बैठक समेत गरेर यतिबेला नेताहरु अधिबेशन केन्द्रीत बनेका छन । अधिबेशन नजिकिदै जादा बाजुरामा जिल्ला अध्यक्षको दौडधुप पनि शुरु भएको छ । जिल्लाको पदाधिकारी सहित सदस्य समेतका आकाङक्षीहरु बढ्ने क्रम पनि सुरु भएको छ । सोही क्रममा नेकपा एमाले बाजुराका जिल्ला आर्थिक बिभाग प्रमुख लाल बहादुर ओलीले पनि अध्यक्ष पदमा उम्मेद्धारी रहने बताएका छन ।
अनेरास्वबीयूको विद्यार्थी राजनीतिबाट सुरु गरेका ओली हाल पार्टीको जिल्ला कमिटिको आर्थिक बिभाग प्रमुख समेत रहेका छन ओलीले जिल्ला कमिटिको अध्यक्षमा आफु पनि आकाङ्क्षी रहने बताएका छन ।
को हुन लाल बहादुर ओली ?
नेकपा एमालेका प्रभावशाली नेताका रुपमा रहेका नेता लाल बहादुर ओली बाजुराको दुर्गम गाउँ आटीचौरमा जन्मेका थिए । बिध्यार्थीकाल देखी राजनितीक रुपमा होमिएका नेता ओलीले डोटी क्याम्पसबाट सुरुवात गरेका थिए ।
२०४५ सालमा डोटी क्याम्पसको अनेरास्ववीयू सदस्यबाट उनले राजनिती यात्रा सुरु गरेको बताएका छन । उनले सोही बर्ष डोटी क्याम्पस स्ववियूको सचिव समेत भएको  बताएका छन ।
उनि राजनिती संगै समाजीक कार्यमा अग्रपङितको कमाण्डार नै मानिएका छन । बाजुरामा सहकारीको अबधारणा ल्याइ बाजुरामा पिसवीन बाजुरा नामक संस्थाको स्थापना गरी हजारौ बाजुराबासीलाई स्वरोजगार बनाउन उनको ठुलो योगदान रहेको छ । त्यो संगै उनले बाजुराका बालबालिका महिला पछाडी पारीएका नागरिकको वकालतमा लाग्ने एक कुसल राजिनीतिज्ञको रुपमा चिनिएका छन ।
२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओली हरेक बेला बेला पछाडी पर्दै आएका थिए । उनले २०४७ सालदेखी गाउँ कमिटि बिस्तार अभियानमा संलग्न भइ हाल सम्म पार्टी राजनितिमा हुमीएका छन ।
केही बर्ष कर्मचारी भए पनि २०५०मा राजीनामा दिएर फेरी राजनिति संगै समाजसेवामा संलग्न भएका छन । २०५१ सालमा बाजुरा जिल्लाभर निर्बाचानमा हुमीएका ओली २०५४ सालको स्थानीय निकायको चुनावमा अनेरास्वबीयु बाट प्रचार प्रसार अभियानका प्रमुखको भुमिका निर्बाह गरेका थिए ।
लामो समय बिद्यार्थी राजनितिमा लागेका ओली २०६७ सालमा भएको पाचौ जिल्ला अधिबेशनबाट नेकपा एमालेको जिल्ला कमिटि सदस्यमा आएको उनले बताए । पाचौ जिल्ला अधिबेशनबाट जिल्ला कमिटि प्रबेश संगै छैटौँ जिल्ला अधिबेशनमा पनि आर्थिक बिभाग प्रमुखको जिम्मेवारी पाएका छन ।
२०७० को संबिधान सभा सदस्य निर्बाचन परिचालन समितिको प्रमुखको भुमिकिा निर्बाह गर्दै आएका ओलीले २०७४ को स्थानिय तहको निर्बाचनमा खप्तड छेडेदह गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्धार समेत भएका थिए ।
नेकपा एमालेका प्रभावशाली नेता ओली २०५६ साल देखी नेकपा एमालेको जनसंगठन मानव अधिकार एलाइन्सको सदस्य हुदै २०६८ सालमा एलाइन्सको उपाअध्यक्ष समेतको जिम्मेवारी बहन गरेका थिए । २०६८ देखी हाल सम्म मानव अधिकार एलाईन्सको सुदुर पश्चिम इन्चार्जको जिम्मेवारी समालीरहेका छन भने नेकपा एमाले बाजुराको आर्थिक बिभाग प्रमुखको भुमीकामा रहेका छन ।
यतिबेला ७ औँ जिल्ला अधिबेशन नजिकीए संगै उनको पनि जिल्ला कमिटि अध्यक्षमा आकाङक्षा रहेको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार