मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हितेसी सरकार आएन

हितेसी सरकार आएन

  • बिहिबार, पुस १५, २०७८
हितेसी सरकार आएन

यो देश र जनताको हितेसी सरकार आएन,
अपबाद मा देशभक्त कुनै बफादार आएन।

कुनियतका पोका लिएर आउँछन दुश्मनले,
हाम्रो देशको हित मा समान ब्यपार आएन।

देशमा सधैभरी अतिक्रमण गर्दा छिमेकि ले
राष्ट्रसंघमा देशकै पैरोवी गर्ने औतार आएन।

हामि सधै आफ्नै ईमान र बफादार देखायौं,
तर कसैलाई हाम्रै लागि दया र प्यार आएन।

ठुल ठुला परमाणु परिक्षाण गर्छन दुनियाले,
हाम्रो देशकै शुरक्षा गर्नलाई हथियार आएन।

यहाँ मंहगि भ्रष्टचार आतङ्क हुन्छ सधैभरी,
जीवन निरभाका लागि कुनै रोजगार आएन।

चर्चामा

सम्बन्धित समाचार