बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • बडिमालिका
  • समयमै पानी र हिमपात हुदा बाजुराका किसान खुशी

समयमै पानी र हिमपात हुदा बाजुराका किसान खुशी

  • बुधबार, पुस १४, २०७८
समयमै पानी र हिमपात हुदा बाजुराका किसान खुशी

बाजुरा — लगातारको खडेरीले बालीनाली सुक्दै गएको बाजुराका किसान खुशी भएका छन् । लामो समयको अन्तराल पछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै मंगलबार दिउँसोदेखि पानी परिरहेको छ ।
लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको बुडिमालिका नगरपालिका ४ का अगुवा किसान हर्क नाथले बताए । यो वर्षाले हिउँद बाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ । उनले भने, यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।
वर्षाले गहुँ लगायतका हिउँदे बालीका लागि निकै फाइदा पुर्याएको बाजुरा जिल्ला कृर्षि ज्ञानकेन्द्र बाजुराका सूचना अधिकारी तथा कृर्षि प्रशार अधिकृत्त मीनप्रसाद जैशीले बताए । लामो समयको खडेरी पछि परेको पानीले केही मात्रामा भए पनि बालीनालीका लागि राम्रो हुने भएको जैशीले बताए । उनले भने वर्षाले सिचाई नहुने ठाउका किसानलाई बढी फाईदा भएको छ भने हिउदे फलफुलको लागि खाल्टा खन्नु पर्ने समय आएको थियो धेरै फाईदा भएको उनले बताए । बाजुरामा गहु १०५०० हेक्टर जाै १५६० हेक्टर जमिन छ भने सिचित ५२३५ हेक्टर र असिचित २२९० हेक्टर रहकाे कृषि ज्ञान केन्द्रकाे तथ्याङ्क रहेकाे छ ।
बाजुरा जिल्लाका सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केही ठाउँमा गहुँ छर्ने तयारी समेत भएको छ ।

चर्चामा

सम्बन्धित समाचार