शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • हिमपातका कारण बाजुरामा कोरोना बिरूद्धकाे खोप प्रभाबित

हिमपातका कारण बाजुरामा कोरोना बिरूद्धकाे खोप प्रभाबित

  • बुधबार, पुस १४, २०७८
हिमपातका कारण बाजुरामा कोरोना बिरूद्धकाे  खोप प्रभाबित

बाजुरा — बाजुरा जिल्लामा १३ गते देखी सुरु भएको कोरोना खोप हिमपातका कारण प्रभाबित भएको छ । जिल्लामा छुटेका नागरिकका लागि लगाईदै आएको कोरोना खोप लगाउन असम्भव भएको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेलेले बताएका छन ।
जिल्लामा ९ गते देखी सुरु भएको १२ बर्ष पुरा भई १७ बर्षसम्मका बालबालिका हरुका लागि लगाईने खोप अभियान भने सम्पन्न भएको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी न्यौपानेले बताएका छन । सुचना अधिकारी न्यौपानेका अनुसार बाजुरामा १६ हजार ८ सय बालबालिकलाई कोरोना बिरुद्धको खोप लगाएको बताए ।
१८ हजार बढि बालबालिकालाई लगाउने भनिएको कोरोना खोपमा १७ हजार ८ सय बालिकाहरु सहभागी भई खोप लगाईको सुचना अधिकारी न्यौपानेले बताएका छन । यतिबेला हिमपातका कारण आज लगाउने भनिएको खोप प्रभाबित भएको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार