शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका उच्च हिमाली भेगमा हिमपात हुँदा बिद्यालय बन्द, यातायात अबरूद्ध

बाजुराका उच्च हिमाली भेगमा हिमपात हुँदा बिद्यालय बन्द, यातायात अबरूद्ध

  • बुधबार, पुस १४, २०७८
बाजुराका उच्च हिमाली भेगमा हिमपात हुँदा बिद्यालय बन्द, यातायात अबरूद्ध

बाजुरा — बाजुरा जिल्लाका उच्च हिमाली भेगमा हिमापात सुरु भएको छ भने बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । मंगलबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनाएको छ ।
लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने खुशी भएका छन् । सिचाई नहुँदा गहुँ बाली नलगाएका किसानलाई राहत भएको बडिमालिका नगरपालिका २ का किसान बीरबहादुर महत्तले बताए ।
कार्तिकमै लगाउनु पर्ने गहुबाली लामो समयसम्म पानी नपर्दा लगाउन पाएका थिएनौं, ढिलोगरी पानी आएपनि केही राहत भएको उनले बताए । ’पानी नआउने भएपछि केही खेतमा बीउ मात्र छर्केका थियो । अब पानी आयो, बीउ उम्रिन्छ,’ अर्का किसान गौमुल गाउँपालिका ६ का प्रेम बिकले बताए।
हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नवाली,फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुगेको जिल्ला कृर्षि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रशाद जैशीले बताएका छन् ।

गएका वर्षको तुलनामा यो वर्ष हिमालमा हिँउ ढिलो परेको स्थानीयले बताए । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्र यो वर्ष कार्तिक अन्तीम साताबाट सेताम्बे हुने चुचुराहरु यो बर्ष भने पौषको मध्यतिर पुगेर सेताम्मे बनेका छन् । जिल्लाका हिमाली गाउँपालिका बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिबेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भेगमा हिमपात भएपछि वस्तुभाउ घाँसको समेत समस्या भएको स्थानीयले बताए। हिमपातका कारण त्यहाका बिद्यालयहरु समेत प्रभाबित भएका छन । चिसो संगै हिमपात भए पछि बिद्यालयबाट टाढा रहेका बिद्यार्थीहरु लाई आवत जावतमा समेत समस्या हुदा पठनपाठनमा समस्या भएको बडिमालिका नगरपालिका वडा न ७ स्थित सरोस्वती आधारभुत बिद्यालयका प्राधानाध्यापक हस्त बहादुर धामीले बताए ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको गुम्बा, बडिमालिका नगरपालिकाको ढम्कने, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन क्षेत्रका केही विद्यालयमा अत्याधिक चिसोका करण विद्यार्थी अनुपस्थित हुने गरेको बडिमालिका नगरपालिका ७ का वडा अभ्यक्ष धर्मराज पाध्यायले जानकारी दिए।

हिमपालतका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टि सडकखण्डमा पर्ने बडिमालिका र बुढिनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने जीप सेवा बन्द भएको छ। सेवा बन्दा हुँदा यात्रुहरु सदरमुकामक मार्तडी र बिमान स्थल रहेको कोल्टीमा अलपत्र परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार