बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • गौमुलमा कृषि तथा खाद्य मेला प्रर्दशनी

गौमुलमा कृषि तथा खाद्य मेला प्रर्दशनी

  • मङ्लबार, पुस १३, २०७८
गौमुलमा कृषि तथा खाद्य मेला प्रर्दशनी

बाजुरा — बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा एक दिने वृहत कृषि तथा खाद्य मेला कार्यक्रम सोमबार सम्पन्न भएको छ । गौमुल गाउँपालिकाको कृषि विकास शाखाको आयोजना र कृषि ज्ञान केन्द्र बाजुरासहित विभिन्न संघसंस्थाको सहयोग तथा समन्वयमा उक्त एकदिने कृषि तथा खाद्य मेला कार्यक्रम सम्पन्न भएको हो ।
आत्मनिर्भर जनता गौमुल समृद्धिको आधार, शिक्षा स्वास्थ्यमा सुधार, जडीवुटि पर्यटन प्रर्वद्धन र सहकारी मार्फत कृषि जन्य व्यापार भन्ने मुल नाराका साथ उक्त मेलाको आयोजना गरिएको थियो ।कृषि मेलामा गौमुल गाउँपालिकाको माटोमा उत्पादन भएका दलहनबाली, तरकारी बाली, नगदेबाली, खाद्यन्नबाली, फलफुलबाली र मसलाबालीहरुको प्रर्दशनी गरिएको थियो ।
मेलामा राखिएका विभीन्न बालीहरुको मुल्याकंन गर्दै कृषकहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।त्यस्तै गौमुल गाउँपालिका भरिकै उत्कृष्ट कृषकको रुपमा रामबहादुर रोकायालाई नगद १० हजार रकमसहित पुरस्कृत गरिएको थियो । त्यस्तै मेलाकै अवसरमा कृषि विकास शाखाले तयार गरेको रैथाने बाली प्रोफाइल पुस्तक विमोचन समेत गरिएको थियो ।
कृषि विकास शाखा गौमुलका कर्मचारी रमेश विकले संचालन गरेको कृषि मेला कार्यक्रम गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको थियो । कृषि मेलामा उपाध्यक्ष सिता थापा, प्रमुख प्रशासकीय अधिकृत जगदिश भट्ट, कृषि ज्ञान केन्द बाजुराका प्रमुख हरिप्रसाद पनेरु लगायत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मेलामा गाउँपालिकाका १ देखि ६ वटै वडाका कृषकहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार