शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • थप २७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

थप २७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

  • सोमवार, पुस १२, २०७८
थप २७१ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं — पछिल्लो २४ घन्टामा थप २७१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २७१ जनामा संक्रमण पुष्टि गरेको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ८८६ नमूनाको परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट २५१ र एन्टिजेनबाट २० जनामा कोरोना संक्रमण देखिएको हो। यस्तै सोमबार थप २२५ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ११ हजार ५ पुगेको छ। यस्तै आज कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ।

हाल कोरोना सक्रिय सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

चर्चामा

सम्बन्धित समाचार