शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • दक्षिण भारत काेचिन ।

दक्षिण भारत काेचिन ।

  • सोमवार, पुस १२, २०७८
दक्षिण भारत काेचिन ।

जनक बि सि — अन्र्तरास्ट्रिय एक्यबद्दताकाे लागि नेपालीहरुकाे मन्चद्वारा आयाेजित कार्यक्रम , मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिले माओत्सेतुङकाे १२९ आै जन्म जयन्ती काेचिन नगरमा बृहत जनसमुदायहरुकाे उपस्थितिमा भब्य र सानदार रुपमा सम्पन्न गरेको छ ।
कार्यक्रमकाे अध्यक्षता मुल प्रबाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रिय सदस्य तथा नगर अध्यक्ष जुँगराज राँहु मगरले गर्नु भएको कार्यक्रमकाे सन्चालन उपाध्यक्ष बावुराम केसीले गर्नु भयो ।
ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट माैन धारणपछि उपस्थिति जनसमुदायहरुलाई जगत साँरु मगरले स्वागत भाषणद्वारा स्वागत गर्नु भएपछि प्रमुख वक्ता मुल प्रबाह अखिल भारत नेपाली एकता समाज रक्तिम विभाग दक्षिण भारत क्षेत्रिय समितिका सदस्य तथा नगर सचिव जनक बिसिले माओत्सेतुङकाे जिवनि र उहाँले कम्युनिस्ट आन्दोलनमा दिनु भएको याेगदानबारे छर्लङ्ग आफ्नो भनाइ राख्दै हाम्रो संगठन र पार्टीमा अराजक तत्वहरुलाई दरिलो एकमना एकताले मात्र गलत प्रबृति बाेकेका फुटपरस्तहरु किनारा लगाउन सकिने कुरा जिकिर गर्दै सरकारले गरिरहेकाे साम्राज्यवादकाे दलाल र संघियता र एमसिसि जनआन्दोलन द्वारा खारेजी हुनै पर्दछ भनाइ राख्नु भएको थियाे ।
अन्य बाेल्ने वक्ताहरुमा मुल प्रबाह अखिल भारत नेपाली एकता समाज क्षेत्रिय समिति महिला विभाग सदस्य जानकि देवी बि सि , महिला नगर विभागबाट साबित्रा घर्ती मगर , चन्र्दीका घर्ती मगर , वरिष्ठ नगर सदस्य भविलाल बिक , मेघराज बि सि , सपना बुढा मगर ,तिर्थराज घर्ती मगर , गुमान सिह पुन मगर र साेभाराम बिक बाेल्नु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार