मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • इन्सेकको मानवअधिकार बर्ष पुस्तक बार्षिक पूर्व समिक्षा गोष्ठी सम्पन्न

इन्सेकको मानवअधिकार बर्ष पुस्तक बार्षिक पूर्व समिक्षा गोष्ठी सम्पन्न

  • आइतवार, पुस ११, २०७८
इन्सेकको मानवअधिकार बर्ष पुस्तक बार्षिक पूर्व समिक्षा गोष्ठी सम्पन्न

जंग रावल — अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेकको बर्ष पुस्तक प्रकशन २०२२ को पूर्व समिक्षा गोष्ठी सम्पन्न भएको छ । बिगत लामो समय देखी मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्दै आएको इन्सेकले हरेक बर्ष प्रकाशन गर्ने पुस्तकमा समेट्नुपर्ने कुराहरुका बिषयमा समिक्षा गरिएको इन्सेक बाजुरा प्रतिनिधी पदम बहादुर सिहंले बताएका छन ।

सदरमुकाम मार्तडीमा इन्सेकले एक कार्यक्रमको आयोजना गरि सो बर्ष पुस्तकमा समेटीने मानव अधिकारका सवालका बारेमा प्रतिबेदन प्रस्तुत गरिएको ईन्सेक बाजुराका प्रतिनिधी सिहंले बताए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णादत्त जोशीको प्रमुख आथित्यमा संचालन भएको सो कार्यक्रमा जिल्लामा भएका मानव अधिकार हननका घटनाहरुका बारेमा जानकारी लिईएको र थप उल्लघनका घटनाका बारेमा राय लिइएको ईन्सेक प्रतिनिधी सिहंले बताए ।
ईन्सेको बर्ष पुस्तकमा समेटन्ने गरी तयार गरिएको प्रतिबेदन अनुसार यो आर्थिक बर्षको जनवरी देखी डिसेम्बर सम्म घरेलु हिसां सम्बन्धी ४६ घटना र २४ ओटा लैङ्किीक हिंसाका घटनाहरु भएको उल्लेख गरिएको छ ।
२०२१ डिसेम्बर सम्म जवरजस्ती करणीका १२ ओटा मुद्धाहरु प्रहरी समक्ष आएको तथ्याङ्क रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यसै गरी जवरजस्तीकरणी सम्बन्धी २ र बाल बिबाह सुन्यमा रहेको पाइएको सो प्रतिबेदनमा उल्लेख गरिएको छ । त्यसै गरी आत्महत्याका घटना ६ ओटा रहेका छन । घरेलु हिंसाका घटना ४६ र लैङिकीक हिंसाका घटना २४ गरी जम्मा ९० ओटा घटना बाजुरामा रहेको तथ्याङ सार्बजनिक गरेको छ ।
ईन्सेक बाजुराद्धारा आयोजित कार्यक्रमका सहभागीहरुले प्रतिबेदनमा उल्लेख गरिएको तथ्याङक राम्रो रहेको र आगामी दिनमा पनि यसरी नै मानअधिकारका घटनाहरु समाबेश गर्न सुझाव दिएका छन । त्यो संगै कार्यक्रमका सहभागीहरुले मानवअधिकारका क्षेत्रमा भएका प्रयास र गरिएका कार्यहरुलाई पनि मानवअधिकार बर्ष पुस्तकमा समेट्न सुझाव दिएका छन ।
ईन्सेक बाजुरा प्रतिनिधी पदम बहादुर सिहंले संचालन गरेको कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी कृष्णादत्त जोशी रहेका थिए । सो कार्यक्रमको अतिथीका रुपमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक चर्तुभुज ओझा गैसस महासघंका सचिव कृष्ण अधिकारी अधिबक्ता हर्क खडायत पत्रकार लगायत बिभिन्न सरकारी संस्थाका प्रमुख प्रतिनिधी र सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार