शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • किन छापियो भारतमा शून्य रुपैयाँको नोट ?

किन छापियो भारतमा शून्य रुपैयाँको नोट ?

  • आइतवार, पुस ११, २०७८
किन छापियो भारतमा शून्य रुपैयाँको नोट ?

हामीकहाँ एक रुपैयाँदेखि एक हजार रुपैयाँसम्मका नोट चलनचल्तीमा छन् । छिमेकी मुलुक भारतमा भने एकदेखि दुई हजार भारुसम्मको नोट प्रचलनमा छ । तर कुनै समय भारतमा शून्य रुपैयाँको नोट पनि छापिएको थियो । आखिर कुनै मूल्य नै नभएको शून्य भारुको नोट किन छापियो त ?

उक्त शून्य भारुको नोटमा पनि भारतका राष्ट्रपिता महात्मा गान्धीको तस्वीर छापिएको थियो । उक्त शूनयको नोट दुरुस्तै अन्य आम प्रचलनका नोट जस्तै थियो । तर फरक के थियो भने उक्त नोट रिजर्भ बैंक अफ इण्डियाले छापेको थिएन । त्यस नोटलाई भ्रष्टाचारविरुद्धको अभियानका रुपमा छपाइ गरिएको थियो ।

शून्य भारुकेा नोट छाप्ने अवधारणा दक्षिण भारतको एक गैरसरकारी संस्थाको थियो । सन् २००७ मा भ्रष्टाचारको विरुद्धमो उक्त नोटलाई हतियारको रुपमा सुरु गरिएको थियो । तमिलनाडुमा काम गर्ने उक्त गैरसरकारी संस्थाले करीब पाँच लाख वटा शून्य भारुका नोट छापेको थियो । उक्त नोट हिन्दी, तेलुगु, कन्नड तथा मलायम गरी चार भाषामा छापेर मानिसहरू लाई बाँडिएको थियो ।

नोटमा भ्रष्टचारविरुद्ध भ्रष्टाचार समाप्त पारौँ, यदि कसैले घुस माग्यो भने यिनै नोट दिनुस् र उक्त घटना हामीलाई बताउनुहोस् आदि विभिन्न सन्देशहरू लेखिएको थियो ।

नोटमा महात्मा गान्धीको तस्वीर र त्यसमुनि नोट छाप्ने एनजीओको इमेल ठेगानासमेत दिइएको थियो । उक्त गैरसरकारी संस्थाका अभियानकर्मीहरूले नै पनि शून्य भारुका नोटहरू घुस माग्ने कर्मचारीलाई दिने गरेका थिए । जसका कारण शून्य भारुको नोट भ्रष्टाचारको विरुद्धमा एक प्रतीक बनेको थियो ।

चर्चामा

सम्बन्धित समाचार