शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • निबन्ध : किन गर्ने चुनाव

निबन्ध : किन गर्ने चुनाव

  • शनिबार, पुस १०, २०७८
निबन्ध : किन गर्ने चुनाव

केही वर्ष यता कोभिड १९ ले गर्दा नेपालमा बाह्य पर्यटन आउने सम्भावना न्यून रह्यो । पर्यटन व्यापार व्यवसाय थिलथिल भयो । त्यो अर्थतन्त्रलाई ब्युताउन पनि चुनाव एउटा गतिलो उपाय हुन सक्छ । आन्तरिक पर्यटन बढाउने गतिलो माध्यम पनि बन्न सक्छ । चुनावको निहु पारेर नेताज्यूले एजेन्डा र योजना लगेर गाउँ जानै पर्‍यो । सबैले आउजाउ गर्नै पर्‍यो । जाने बित्तिकै आफ्नै घरमै पुगिन्छ भन्ने के ठेगान छ र ? रेल भए पो । गाडीको बाटो छ जताततै । बाटोमा बास बस्नु पर्ला । होटेलमा खानु पर्ला । शुभचिन्तनक कार्यकर्ता भेटनु पर्ला । भेटेको साइतमा खानपिन होला । घुमफिर होला सेल्फी चिखिएला। अनि ब्यापार बढेन ?

कोभिड १९ का कारण केही वर्ष यता धेरै जनाले वैदेशिक रोजगारी गुमाए । जान चाहनेहरु पनि जान पाएनन । देशभित्र बसेकाले पनि राेजगारी गुमाए । अब युवा रोजगार हुने दिन आउने भए । कोही प्रचार प्रमुख कोही कार्यक्रम व्यवस्थापक । उदघोषण आदि इत्यादि । यो बेला गाडी रिजर्व हुन्छन् । ड्राइभरले काम पाए । धेरै गाडी चले डिजेल पेट्रोल धेरै खपत हुन्छ । आयल पप्पले काम पाए । गाडी धेरै चले कहिलेकाही बिग्रन्छन मर्मत गर्नु पर्छ । ग्यारेजवालाले काम पाए । प्रचार प्रसार गर्न पप्प्लेट र ब्यानर छापिन्छन् । गीत रचना हुन्छन गाउने र नाच्ने गर्लान । साउन्ड सिस्टमदेखि सिङ्गिङ स्टारले काम पाए । गाउँघरमा मिलेर बसेका छिमेकीले आफ्ना दलका एजेन्डा र घोषणापत्र अनुसार बाेल्नु पर्छ । कुरा नमिल्न सक्छ । मिल्नु नि हुन्न । कोही फुटछन् । कोही जुट्छन् । झगडा परे मध्यस्तकर्ता चाहिन्छ मिलाउन । अनि भएन रोजगारी सृजना ? यसै गरि पाहुनालाई माला या खादा लगाउने चलन छ आमसभमा । फुल बिक्री हुन्छन् । माला बिक्री हुन्छन । मालीले रोजगारी पायो । यसैले चुनावका फाइदा त कति छन् कति । भनि साध्य छैन । झन त्याे बेला सामानकाे माग बढछ । खपत बढछ । मास प्रडक्ट चाहिन्छ । महङगी बढछ । जति धेरै व्यायार व्यवसाय भए त्यति धेरै राज्यलाई राजस्व पनि आउँछ ।आर्थिक बृद्धिको दर उकालाे लाग्छ । आफ्नो उत्पादनले मात्र पुग्दैन बिदेशबाट सामान आयात गर्नु पर्छ । भन्सारको राजस्वमा बृद्धि हुन्छ । वैदेशिक ब्यापारमा मैत्रीपूर्ण सम्बन्ध बिकास हुन्छ। अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो हुन्छ।

खासमा चुनाव जुन देशकाे भएपनि यसलाई समाजवादी मोडेलको उद्योग भन्न मिल्छ । यसले मुख्य गरि स्वदेशी लगानी र उत्पादन जोड हुन्छ । उत्पादन स्वदेशी र सस्ताे हुन्छ । नारा त कति सस्ता र सर्वसुलभ । नाराको हाेम डेलीभरीकाे व्यवस्था पनि हुने । गुणस्तरमा भने समस्या देखिन्छ । टिकाउपन छैन । तथापि अत्यन्त धेरैले जनाले रोजगारी पाउँछन् ।अल्पकालिन भए नि । स्वदेशी र बिदेश लगानी लगाउन पनि मिल्ने सेअरको रुपमा । केही प्राबिधिक हुन सक्छन बिदेशी नत्र सबै स्वदेशी । न उमेरले छेक्नु न जात र धर्मले रोक्नु न भूगोलले छुट्याउने न पेसा र पैसाले प्रभाव पार्ने । सबैले रोजगारी पाउने । आ आप्नो योग्यता र दक्षता अनुसारको । देशको भाग्य र भविस्य बनाउने र बदल्ने नेता उत्पादन गर्ने चुनाव हैन त ? नपत्याए एक वर्ष पहिले भएको अमेरिकी राष्ट्रपतिको चुनाव हेर्नू । त्यो बेला मिडियाले कति काम पाए । अन्तरवार्ता लिए टिभिले । पत्रीकाले समाचार लेखे। पढे पाठकले । सुने श्रोताले। हेरे दर्शकले । हामीले पनि फेसबुकमा बधाइ दियौं नेपालबाटै । एनसेल र टेलिकमको डाटा बिक्रि भयो । फाइदै फाइदा । उता फेसबुकका मालिक जुगरबर्गलाई नि फाइदा । यता फेसबुकका प्रयोगजर्तालाई नि फाइदा ।

याे चुनावको बेला सबैको मानव अधिकार सुनिस्चित हुन्छ। प्रभावकारी रुपमा कार्यान्यवन हुन्छ । कोही खान नपाएर तडपेका छ्न कोही दिन नपाएर । यो बेला उपयुक्त समय हो दान लिने र दिनेका लागि । यो बेला जुनसुकै व्यक्तिले दालभातकाे थालदेखि दलकाे दर्शन बदल्न पाउँछ। स्वतन्त्र हुन्छ मान्छे । चरा जस्तै । आफूले मन लागेको एजेन्डाको बाहकको सङ्गत गर्नु, आफ्नो इच्छाले मतदान गर्नु बराबरको स्वतन्त्रता र मानव अधिकार अरु के होला र ? राज्यका सबै सयन्त्र परिचालन हुन्छन राज्य र जनताको नाममा । त्यसैले फाइदा हुने काम गरौं यसकै पछि लागौं।

विकास हेर्ने उत्तम अवसर हो। गाउँका योजना । कुलो, नहर बाटोघाटो,विद्यालय र सौचालय आदि इत्यादि। सामुहिक रुपमा नहेरेको धेरै भयो। त्यसको अवलोकन गर्न पाइने भयाे। लाखौं र करौडौंका बनेका गाम्रीण सडकको अवस्थामा र औचित्य थाहा हुन्छ । प्यास लाग्दाको पानी, अत्यास र आस लाग्दाको साथ जस्तै होलान कसैका ती योजना । वास्तवविकता बुझिने भयो। त्यसैले फाइदाकाे पछि लागाैं । चुनाव रौजौं ।

चर्चामा

सम्बन्धित समाचार