बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाचार
  • पोखरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

पोखरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

  • शनिबार, पुस १०, २०७८
पोखरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ

कास्की– पोखरामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माच्छापुछ्रे गाउँपालिका-५का ३४ वर्षीय गणेश गुरुङसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८२०० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र बन्दुक फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार