शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • पुनः निर्माणको १३ वर्षसम्म पनि बनेन अछाम दरबार

पुनः निर्माणको १३ वर्षसम्म पनि बनेन अछाम दरबार

  • मङ्लबार, पुस ६, २०७८
पुनः निर्माणको १३ वर्षसम्म पनि बनेन अछाम दरबार

अछाम–तत्कालिन बिद्रोही नेकपा माओवादीले अछाम सदरमुकाम आक्रमणको बेला ध्वस्त पारेको दरबार १३ बर्ष सम्म पनि हुन सकेको छैन् । २०५८ फागुन ४ गते राती दरबार ध्वस्त पारेको थियो ।
ध्वस्त दरबारको पुनःनिर्माण थालिएको तेह्र बर्ष वितिसक्दा सम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । दरबार पुनर्निर्माणको काम २०६५ मै सुरु भएको थियो । कहिले काम सुचारु हुने, कहिले अवरुद्ध हुने क्रम हालसम्म चलिरहेको छ । अछामको पहिचान बोकेको दरबार निर्माणमा लापरबाहि हुदा स्थानीय आक्रोशित बनेका छन् ।
‘अछाम दरबारसंग हाम्रा पुर्खाको इतिहास जोडिएको छ ’ स्थानीय नैनसिहं विकले भने, ‘दरबार बनाउँछौ भनेर पटक पटक अल्मल्याएर जनतालाई ठग्न पाईदैन । अब हामी नै यसका विरुद्ध उत्रिनेछौं विकले थपे ।’ दरबारको विषयमा जिल्लाका सबै सरोकारवाला संगलग्न भएकाले कसैले पनि यसको बारेमा बोल्न नचाहेको उनले बताए ।
तत्कालिन माओवादीले मंगलसेन आक्रमणताका स्थानीयलाई पनि दुख दिएको मंगलसेनका स्थानीय कपुरे नगार्जीले वताए । दरबार निर्माणको ठेक्का २ करोड २५ लाखमा स्वीकृत भएको थियो । २०६७ सालमै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । राजेन्द्र, साउद, तुल्छिदुर्गा, बडिमालीका र कुवर गरी पाच वटा निर्माण कम्पनिको जेभीमा दरबार निर्माणको ठेक्का दुई करोड २५ लाखमा स्वीकृत भएको थियो ।
सुरुमा मीनबहादुर कुवरको नाममा अख्तियारी आए पनि काम गर्न नसक्दा अरु निर्माण कम्पनी केही रकम लगेर बाहिरिए । हाल निर्माणको जिम्मा राजेन्द्र र साउँद कन्ट्रक्सनले लिएको छ । जिल्लाका अन्य सरकारी कार्यालय पुनःर्निमाणमा तोकिएको समय सिमा नाघेमा जिल्ला पुनःनिर्माण समितिले ठेकेदारलाई हर्जाना तिराए पनि दरबार राष्ट्रिय महत्वको क्षेत्र भएकाले हाल सम्म हर्जाना लगाइएको छैन ।
पुरानै संरचना अनुसार दरबार निर्माण गर्नु पर्ने भएकाले आवश्यक सालको काठ सजिलै उपलव्ध नहुँने भएकाले दरबार निर्माणको काममा ढिला भइरहेको ् निर्माणको जिम्मा लिएको साउद कन्ट्रक्सनका संचालक जयबहादुर साउँद बताउछन् । दरबारमा पहिले जिल्ला प्रशासन कार्यालय, तत्कालीन जिल्ला पञ्चायत, मालपोत, जिल्ला अदालतलगायत कार्यालय सञ्चालन भए पनि सदरमुकाम आक्रमणका बेला भने जिल्ला प्रशासन कार्यालय मात्र थियो । आक्रमणमा प्रजिअ मोहनसिंह खत्रीसमेत मारिएका थिए ।
घटनामा क्याप्टेनसहित ५३ सेना, ५९ प्रहरी, २ निजामती कर्मचारी र ८ सर्वसाधारण गरी १ सय २२ जनाको ज्यान गएको थियो । जिल्लाका अन्य सरकारी कार्यालय पुनर्निर्माण गर्न तोकिएको समयसीमा नाघेपछि पुनर्निर्माण समितिले ठेकेदारलाई हर्जाना तिराए पनि दरबार राष्ट्रिय महत्त्वको क्षेत्र भएकाले यसका ठेकेदारलाई भने केही गरिएको छैन ।
अछाम दरबार झन्डै डेढ सय वर्ष अघि मंगलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरुभई उनका छोरा दलबहादुर शाहको पालामा बिक्रम सम्वत् १९३५ निर्माण सम्पन्न भएको हो यसका जानकार मंगलसेन ५ का चन्द्रमणी भाटले बताए ।
सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्र बहादुर शाहबाट ९० हजारमा उक्त दरबार किनेको अछामी इतिहाँसका जानकार सुरतबहादुर शाहले वताए । योगेन्द्र बहादुरका भाई तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसंग दरबार बिक्रिको व्यवस्था मिलाएको उनले बताए । तीन तले दरबारमा ३० कोठा थिए ।

चर्चामा

सम्बन्धित समाचार