बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • गौमुल गाउँपालिका अध्यक्ष तथा युवा नेता रोकाया जिल्ला कमिटि उप सचिवमा उम्मेद्धारी दिने

गौमुल गाउँपालिका अध्यक्ष तथा युवा नेता रोकाया जिल्ला कमिटि उप सचिवमा उम्मेद्धारी दिने

  • सोमवार, पुस ५, २०७८
गौमुल गाउँपालिका अध्यक्ष तथा युवा नेता रोकाया जिल्ला कमिटि उप सचिवमा उम्मेद्धारी दिने

बाजुरा — नेकपा एमाले बाजुराको जिल्ला अधिबेशन नजिकीए संगै एमाले नेताहरुको दौडधुप तथा अधिबेशनमा केन्द्रीत भएका छन । नेकपा एमालेले देशभरमै पुष २३ गते जिल्ला अधिबेशन गर्ने तय गरेको छ । स्थानिय तह र केन्द्रिय अधिबेशन गरिसकेको एमालेले जिल्लाको पुष २३ गते गर्न निणर्य गरेको छ ।
२३ गते हुने जिल्ला अधिबेशनको तयारीका लागि नेकपा एमाले जिल्ला कमिटि बाजुराले पुष ११ गते जिल्ला कमिटी बैठक समेत बोलाइसकेको छ । अधिबेशन नजिकिदै जादा बाजुरामा जिल्ला अध्यक्षको दौडधुप पनि शुरु भएको छ । जिल्लाको पदाधिकारी सहित सदस्य समेतका आकाङक्षीहरु बढ्ने क्रम पनि सुरु भएको छ । सोही क्रममा नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्य हरी बहादुर रोकायो जिल्ला कमिटि उपसचिवमा उम्मेद्धारी दिने बताएका छन । । बडिमालिका खबर सँगको कुराकानीमा रोकायाले जिल्लाको उपसचिवको तयारीमा लाग्ने वताएका हुन । यता रोकायाका शुभ चिन्तक तथा कार्यक्रताहरु भने सचिवमै लड्न आग्रह गरिएको बताउछन ।
तर रोकाया भने अहिले उपसचिव भए पनि ठिकै हुने र पार्टी नेतृत्वले सचिव पदको जिम्मेवारी दिए पनि सजिलै ग्रहण गर्न सक्ने बताएका छन ।
हाल गौमुल गाउँपालिकाको अध्यक्ष रहेका रोकाया जिल्लाकै नमुना गाउँपालिका बनाउने अभियानका अभियान्ताको रुपमा पनि रहेका छन । यूवाहरुको राजनितिमा अग्र मोर्चामा रहेका युवा नेता रोकायाले जिल्ला कमिटि उपसचिवमा उम्मेद्धारी दिने र सो पदमा नेतृत्वले सहज तरिकाले लिनेमा बिस्वस्त रहेको नेता रोकायाले बताएका छन ।
अनेरास्वबीयूको विद्यार्थी राजनीतिबाट सुरु गरेका रोकाया हाल पार्टीको जिल्ला कमिटि सदस्य तथा गौमुल गाउँपालिकाको निर्बाचित जनप्रतिनिधी अध्यक्ष प्रखर बक्ता र उर्जावान ब्यक्तीको रुपमा चिनिएका छन । बिध्यार्थीकाल देखी राजनितीमा होमिएका रोकाया अग्रपन्तीको एक उर्जावान नेताको ब्यक्तीको रुपमा चिनिने गरेका छन । रोकाया कसैको मनलाई नबिझाउने युवा नेताको रुपमा परिचित छन । नेकपा एमाले पार्टीलाई बलियो एमाले बनाउने उदेस्यका साथ आफुले उप सचिवमा उम्मेद्धारी दिने बडिमालिका खवरसंगको कुराकानीमा बताएका छन ।
नेता रोकायाले बिद्यार्थी राजनितिबाट यात्रा सुरु गरेकोले अब पार्टी नेतृत्वले सहि मुल्याङकन गर्नेमा कुनै द्धिबिधा नभएको बताए । उनले यस अघि बाजुरा क्याम्पसको स्वबियु सभापती हुदै बिभिन्न मोर्चामा रहेर काम गरिसकेकोले जिल्लाको पदाधिकारीमा काम गर्ने उदेस्यका साथ उपसचिवमा उम्मेद्धारी दिने बताएका छन ।
बिद्यार्थीबाट उनले सुरु गरेको राजनिती यात्राका साथ अब पार्टीको नेतृत्व लिनुपर्ने आबस्यक रहेको रोकायाको भनाई रहेको छ । रोेकायाले सम्पुणर् पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुणर् सहभागिता सहितको बलियो एमाले र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने बताएका छन । समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ ।

चर्चामा

सम्बन्धित समाचार