शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • अनेरास्वबियू बाजुराले पौष २२ गते भित्र अधिबेशन सम्पन्न गर्ने

अनेरास्वबियू बाजुराले पौष २२ गते भित्र अधिबेशन सम्पन्न गर्ने

  • शुक्रबार, पुस २, २०७८
अनेरास्वबियू बाजुराले पौष २२ गते भित्र अधिबेशन सम्पन्न गर्ने

बाजुरा — नेकपा एमाले समर्थक अनेरास्वबियू बाजुराको सचिवालय स्तरिय पहिलो बैठकले पौष २२ गते भित्र जिल्ला अधिबेशन सम्पन्न गर्ने निणर्य गरेको छ । सदरमुकाम मार्तडीमा सम्पन्न बैठकले आउदै गरेको अधिबेशन केन्द्रीत गरेर पहिलो बैठक बसेको हो । सचिवालय स्तरको बैठकले अधिबेशन केन्द्रीत बिभिन्न निणर्यहरु गरेको अनेरास्वबियु बाजुराका कार्यालय सदस्य दिल थापाले जानकारी दिएका छन ।
अनेरास्वबियु बाजुराका अध्यक्ष राजिव रोकायाको अध्यक्षतामा बसेको बैठकले पौष ७ गते नौ ओटै स्थानिय तहमा प्राक कमिटि गठन गर्ने निणर्य गरेको छ । त्यसै गरि २२ गते भित्र जिल्ला कमिटिको अधिबेशन गर्ने निणर्य गरेको अनेरास्वियू बाजुराका हिक्मत रोकायाले बताएका छन ।
त्यस्ैतै अधिबेशन सम्पन्न गर्न बिभिन्न ब्यक्तीहरुलाई जिम्मेवारी समेत बाडफाड भएको रोकायाले बताए । नेकपा एमाले बाजुराका सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख जनक कुमार बोहरा प्रमुख आतिथि रहेका थिए भने अथितिको रुपमा अनेरास्वबियू केन्द्रीय कमिटि सचिवालय सदस्य जंग बिक र चेतन ऐडी ,अनेरास्वबियू केन्द्रीय सदस्य गिता रावल लगायतको उपस्थिती रहको थियो ।

चर्चामा

सम्बन्धित समाचार