मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • समाचार
  • इन्जिन फेल भएपछि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण

इन्जिन फेल भएपछि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण

  • बिहिबार, पुस १, २०७८
इन्जिन फेल भएपछि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण

काठमाडौं — चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो । ु

जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको आकस्मिक अवतरणको अनुमति मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएर जहाज अवतरण गराएको हो ।

१८ जना यात्रु चढेको अहिले जहाज धावनमार्गमै छ । यात्रुहरुलाई सुरक्षित निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको स्रोतले जनाएको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित छन् ।

विमानस्थल बन्द गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार