बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • तौल कम गर्न हरेक दिन एउटा उसिनेको आलु

तौल कम गर्न हरेक दिन एउटा उसिनेको आलु

  • सोमवार, मंसिर २७, २०७८
तौल कम गर्न हरेक दिन एउटा उसिनेको आलु

आलुको प्रयोग हरेक घरमा हुन्छ । आलुलाई नेपाली भान्सामा तरकारीको ‘राजा’ भन्ने गरिन्छ । यसलाई जुनसुकै तरकारीसँग पनि मिसाएर पकाउन सकिन्छ । आलु धेरै खाएमा मोटोपन बढ्छ । त्यसैले धेरै मानिसहरु तौल कम गर्नका लागि आलुको सेवन पनि कम गर्ने गर्छन् । तर, आलुको सेवन सही मात्रामा सही तरिकाले गर्दा तौल सन्तुलनमा रहने विज्ञहरु बताउँछन् । आलुमा पोटाशियम, फस्फोरस, बी कम्प्लेक्स भिटामिन र भिटामिन सीको आवश्यकता पर्छ । यसमा क्यालोरी र फ्याटको मात्रा कम हुन्छ । उसिनेको आलुको सेवनले शरीरमा उर्जा प्राप्त हुन्छ ।

पोषक तत्व
उसिनेको आलुमा फ्याटको मात्रा कम हुन्छ । यसको बोक्रामा पनि विभिन्न प्रकारका पोषक तत्व पाइन्छ । यसको बोक्रासमेत खाँदा शरीरमा विभिन्न प्रकारका पोषक तत्वको आपूर्ति हुन्छ ।

भिटानिको राम्रो स्रोत
उसिनेको आलु भिटामिन बी र भिटामिन सी को राम्रो स्रोत हो । हरेक दिन एउटा उसिनेको आलुको सेवनले शरीरमा भिटामिन बी–६ प्राप्त हुन्छ । यसमा भिटामिन सीको मात्रा पनि उच्च हुन्छ ।

फस्फोरस
उसिनेको आलुमा अत्यधिक मात्रामा पोषक तत्व पाइन्छ । उसिनेको आलुमा २५ प्रतिशत म्याग्नेसियम पाइन्छ । यसका साथै यसमा फोलेटको मात्रा पनि धेरै हुन्छ । त्यसैले गर्भवती भएका महिलाहरुको बच्चाको मस्तिष्कको विकास गराउन मद्दत गर्छ ।

छालाका लागि
आलुले छालामा हुने समस्याहरुलाई पनि फाइदा गर्छ । आलुले मस्तिष्कलाई दुरुस्त राख्न मद्दत गर्छ । शरीरमा हुने ग्लुकोजको स्तर, अक्सिजनको पूर्ति, हर्मोन, अमिनो एसिड र फ्याटी एसिड र ओमेगा–३ जस्ता तत्वहरु हुने भएकाले यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक छ ।

चर्चामा

सम्बन्धित समाचार