शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • सभापति, उपसभापति र महामन्त्रीमा क-कसले गराए उम्मेदवारी दर्ता

सभापति, उपसभापति र महामन्त्रीमा क-कसले गराए उम्मेदवारी दर्ता

  • शनिबार, मंसिर २५, २०७८
सभापति, उपसभापति र महामन्त्रीमा क-कसले गराए उम्मेदवारी दर्ता

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति र महामन्त्रीमा ६/६ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै उपसभापतिमा ७ जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेस निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय सकिन लाग्दा (पौने ५ बजे) दिएको जानकारी अनुसार सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, युवराज न्यौपाने र कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी उपसभापति पदमा पनि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, विजय गच्छदार र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका छन् ।
महामन्त्री पदमा डा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्री पदमा भने १२ जनाको उम्मेदवारी परेको छ । जसमा किशोर सिंह राठोर, रञ्जित कर्ण, जीवन परियार, वद्री पाण्डे, फरमुल्लाह मन्सुर, मान वहादुर विक, सुरेन्द्र चौधरी, देवराज चालिसे, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार