शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • अछाम पुगेर भीम रावलले भनेः राजनीतिमा अनेक घुम्तीहरू आउँछन्

अछाम पुगेर भीम रावलले भनेः राजनीतिमा अनेक घुम्तीहरू आउँछन्

  • बुधबार, मंसिर २२, २०७८
अछाम पुगेर भीम रावलले भनेः राजनीतिमा अनेक घुम्तीहरू आउँछन्

धनगढी — नेकपा (एमाले) का नेता भीम रावलले गृहजिल्ला अछाम पुगेर आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका छन्। चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।

हाम्रा तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भने, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन्। उच्च मनोवल राख्नुहोस्। समाज र देशका लागि हामीले यी पाइला चालेका हौं भनेर अठोटका साथ अघि बढ्नुहोस्। मेरो साथ तपाईंहरूलाई छ।’ रावलले आफूले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको र हारेको बताउँदै त्यसमा मन खुम्च्याउनुपर्ने कारण नरहेको बताए। उनले भने, ‘मैले अध्यक्ष पदमा प्रतिष्पर्धा गरेको हो। जितिनँ। त्यसमा मन खुम्च्याउनुपर्ने कुनै कारण छैन।’

चुनावमा अध्यक्ष केपी शर्मा ओलीले जिते पनि नैतिकरूपमा भने आफूले जितेको उनको भनाइ छ। अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपाध्यक्ष र केन्द्रीय सदस्य प्रस्ताव गर्दा पनि अस्वीकार गरेको रावलले बताए ।

चर्चामा

सम्बन्धित समाचार