शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • फेरी एम सीसीको खतरा!

फेरी एम सीसीको खतरा!

  • बुधबार, मंसिर २२, २०७८
फेरी एम सीसीको खतरा!

सुरेशकुमार पान्डे — अहिले देशमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचदलिय गठ बन्दनको सरकारछ जस्लाई राजमोले सरकारको बाहिर रहेर समर्थन गर्दै आएकोछ।गठबन्धनले गरेको राम्रो कामको समर्थन र नराम्रो कामको बिरोध गर्ने उदेश्यले राजमो सरकारमा समिल छैन।उस्ले शंघर्ष एकता र शंघर्ष को सिधान्त अनुसार गठबन्धनलाई बाहिर बाट समर्थन गर्दै आएकोछ।पार्टीको घोषित नीति दुश्मन शक्ति सँग पनि शंघर्ष र एकता शंघर्ष गर्न सकिने भनिएकोछ।अहिले राजमोले सरकारलाई समर्थन गरेपनि सरकारको राष्ट्रघाति कृयाकलापको डटेर बिरोध गर्दै आएको कुरा आजको एम सीसीको बिरूद्धमा गरेको प्रदर्शनले पनि पुष्टी गरेकोछ।राजमो ले एम सीसीको सुरू देखिनै बिरोध गर्दै आएको थियो।पहिले ओलिको सरकारलाई दिंदै आएको समर्थन उन्ले पछिल्लो समयमा अप्नाएको अधिनायकवादी चाल र प्रतिगामि ब्यबहारले गर्दा ओलिलाई दिएको समर्थन फिर्ता लिएर।ओलिको प्रतिगामि कदमको बिरूद्धमा शंघर्ष गर्दै आएकोछ।पुषको पाँच गते ओलिले झण्डै दुई तिहाईको सरकार लाई बिघटन गर्न पुगेका थिए।उन्ले तानाशाहि पुर्वक सरकार हांक्ने उदेश्यले मत्रिमण्डलको समेत असम्बैधानिक र गैर कानूनि तवरले बिस्तार गरे र नागरिकता बिधायक समेतलाई ल्यायर बिदेशिहरूलाई भित्राउने भरजोर कोसिश गरेका थिए।यो अबस्थामा उन्ले चालेको भारत परस्त र प्रतिगामि कदमलाई अबिलम्बन रोक्नु पर्ने थियो।त्यसैले गर्दा नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई समर्थन दिने बाहेक अर्को बिक्लव त्यो बेला थिएन।यद्मापि राजमोले त्यो बेला ओलिलाई हटाएर वामपन्थिहरूको सरकार बनाउनमा जोड दिएको थियो तर कम्युनिष्टहरूको आपसि खिचलोमा त्यो सम्भव हुन सकिन र नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारलाई
गुणको समर्थन र बैगुणको बिरोध गर्ने निर्णय अनुसार गठबन्धनलाई समर्थन दिंदै आएकोछ।तर यो सरकारले पनि ओलिकै पद चिन्हमा हिंड्ने प्रयात्न गर्दै आएकोछ।यो भन्दा पहिले पनि दुईपल्ट अमेरिकि प्रतिनिधिहरू आएर एमसीसी पारित गर्न दवाब दिएर गयका थिए। देशका तमाम जनताहरूको ब्यापक बिरोध पछि पनि अमेरिकाले एमसीसी लाई लागु गर्न जोड लगाउँनाले पनि हामिहरूले गरेको आसंकालाई पुष्टी गर्दै लगेकोछ।हामिले यो अमेरिकन रणनीतिको लगातार ब्याख्य र बिरोध गर्दै आएकाछौँ।जसलाई बारमबार द्वौराउँन नपर्ला।
त्यसको बावजुद नेपालको सरकारले एमसीसी लाई आगामि
मंगसिरको२८गते संसदमा प्रश्तुत गर्ने भयकोछ।त्यो संसदमा पेस हुने भनिए पछि त्यसको ब्यापक बिरोध हुँदै आएकोछ।आज राजमो दाङ ले ब्यापक बिरोध गरेकोछ।
एम सीसीको बिरूद्धमा राजमोले देश तथा बिदेशमा पनि लगातार कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुरा कसै बाट लुकेकोछैन।
बिगतको जस्तै ब्यापक बिरोध हुन नसके यो पारित गराउँने सरकारको मनसाय देखिन्छ।हाम्रो देशका नेता भनौदाहरूको अदुरदर्शियताले गर्दा देशमा अशान्ति र सङ्कट छाएकै हुन्छ।प्रत्येक पटक उनिहरूले गर्दै आएको गलतिको सिकार देश र देशका जनता भयकाछन।पहिले गणतन्त्र सँगसँगै संघियता ल्याउनाले देश अहिले सम्म उँभो लाग्न सकि राखेकोछैन।अहिले विस्वबैंक समेतले आफ्नो एउटा रिपोर्टमा नेपालले संघियतालाई थेग्न नसक्ने बताएकोछ।देशमा संघियता ल्याउँनुपर्ने कुनै कारण थिएन।न त यो कुनै कालखण्डमा देशका जनताले दिएको नारा थियो।वास्तबमै यो देशको हितमा आएको होईन बिदेशिको शडयन्त्रमा भित्राईएको संघियताले देशलाई नाङ्गेझार पार्दा पनि सरकारले यसलाई खारेज गर्ने तर्फ पाईला नचाल्ने बरू जवर्जस्ति यसलाई लागु गर्न जोड लगाएकोछ।त्यहि प्रकारले बिगत सन१९१७मा झुक्काएर कथित अनुदानको नाममा भित्राईएको यो एमसीसीले अहिले करिव् तिन चार बर्ष सम्म देशमा एक प्रकारको आतङ् र भय सिर्जित गर्दै आएकोछ।देशका जनताको माझमा एम सीसीले ठुलो अशान्ति निम्ताएकोछ।तर पनि ठुला पार्टीहरूका नेताहरूले पहिलेनै कमिसन खाई सकेको हुनाले यो त्यागन सकिराखेका छैनन्।
पहिले ओलिले दुई तिहाईको संसदलाई बिघन गर्ने अथियार पनि यहि एम सीसी थियो।एम सीसीले देशमा ठुलो राजनीति गर्दै आएकोछ।हाम्रो देशमा जुन सुकै सरकार बनेता पनि बिदेशिको अगाडि नतमस्तक बनेर उसैको फाईदाको लागि काम गर्ने प्रयात्न गर्दै आएकाछन भन्ने कुरा छर्लङ्गैछ।
जब सम्म हाम्रो देशका देशभक्तहरू सचेत र संगठित हुनेछन तबसम्म हाम्रो देशको भबिस्य शुरक्षित हुनेछ।लाछि र लोभि नेताहरूको भरमा राष्ट्रीयता शुरक्षित छैन।जनताले आफ्नो रगतले साटेर ल्यायको गणतन्त्र समेत शुरक्षित छैन भन्ने कुरा बुझेर हामि आपसि खिचलोमा नबल्झिएर एकमना एकता बनाउँ र राष्ट्रीयता गणतन्त्र र धर्म निरपक्षयको रक्षा गरौँ।हाम्रो एकताले मात्रै यो राष्ट्रघाति एम सीसी लाई मिल्काउँन सकिन्छ।

चर्चामा

सम्बन्धित समाचार