• होमपेज
  • सुचना प्रबिधी
  • एनसेलले सेवाग्राहीलाई भाइबर चलाउन थप डाटा दिने

एनसेलले सेवाग्राहीलाई भाइबर चलाउन थप डाटा दिने

  • मङ्लबार, मंसिर २१, २०७८
एनसेलले सेवाग्राहीलाई भाइबर चलाउन थप डाटा दिने

एनसेलले आफ्ना सेवाग्राहीलाई राकुटेन भाइबर चलाउन थप डाटा दिने भएको छ । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरूलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेका हुन् । ग्राहकले धेरै रुचाएका हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउन थप छुट्टै डाटा निःशुल्क पाउने एनसेलले जानकारी दिएको छ ।

यी प्याकहरूका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क नलाग्ने र पहिले देखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेको एनसेलले जनाएको छ । नयाँ अफरसँगै अब भाइबरका म्यासेजीङ्, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्स लगायत सुविधाहरू प्रयोग गर्न थप डेटामा एनसेलका ग्राहकहरूको पहुँच सुनिश्चित भएको पनि कम्पनीले दाबी गरेको छ ।

त्यसैगरी, एनसेल ग्राहकहरूले भाइबरको स्टीकरहरूमा निःशुल्क पहुँच पाउने र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको बताइएको छ । एनसेलका चीफ कमर्शसियल अफिसर प्रदीप श्रीवास्तवले डिजिटल जीवनशैली सक्षम पार्न ग्राहकहरूलाई निःशुल्क म्यासेजीङ् एपहरू मध्येको एक भाइबरमा निःशुल्क पहुँच दिन सहकार्य भएको बताए ।

चर्चामा

सम्बन्धित समाचार